गहुँपछि चिनी निर्यात रोक्ने भारतको तयारी
नयाँ दिल्ली । भर्खरै गहुँ निर्यात रोकेको भारतले अब चिनी निर्यात पनि रोक्ने तयारी गरेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार मोदी सरकारले चिनी निर्यातमा प्रतिबन्धको तयारी गरेको हो । यदि चिनी निर्यात रोके यो पहिलोपटक हुनेछ । मोदी सरकारले बढ्दो मूल्यलाई नियन्त्रणमा राख्न यस्तो कदम उठाउनलागेको हो । निर्यात गर्दा मूल्य काबुबाहिर गएको भारत सरकारको ठहर छ ।
केही दिनअघि मात्र गहुँमा निर्यात रोक लगाइएको थियो । रोयटर्सका अनुसार मोदी सरकारले चिनी निर्यातमा प्रतिबन्धको तयारी गरिरहेको छ । पूर्ण रोक नलगाए पनि चिनीको निर्यात सीमा एक करोड टन राखिनलागेको समाचारमा जनाइएको छ । चीन निर्यातमा भारत विश्वको दोस्रो ठूलो देश हो । विश्वमा ब्राजिलले सबैभन्दा धेरै चिनी निर्यात गर्छ । यदि भारतले चिनी निर्यात रोके धेरै देशका लागि टाउको दुःखाइ बन्न सक्नेछ ।
भारतबाट सबैभन्दा धेरै चिनी इन्डोनेसिया, अफगानिस्तान, श्रीलंका, बंगलादेश, संयुक्त अरब इमिरेट्स, मलेसिया र अफ्रिकी देशले खरिद गर्दै आएका छन् । त्यस्तै भारतमा उत्तरप्रदेश, महाराष्ट्र र कर्णाटकमा सबैभन्दा धेरै चिनी उत्पादन हुन्छ । यी तीन राज्यमा हुने उत्पादन नै ८० प्रतिशत छ । यसबाहेक आन्ध्रप्रदेश, गुजरात, मध्य प्रदेश, उडिसा, तमिलनाडु, विहार, हरियाणा र पञ्जाबमा पनि चिनी उत्पादन हुने गरेको छ । यद्यपि चिनी निर्यातबारे आधिकारिक निर्णय भने आइसकेको छैन । तर सेयरबजारमा भने यसको प्रभाव देखिनथालेको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया