आयोजना प्रमुखको नियुक्ति प्रतिस्पर्धाबाट दुई वर्षका लागि
काठमाडौं । सरकारले विभिन्न आयोजनाहरुको प्रमुखकको नियुक्ति दुईवर्षका लागि प्रतिस्पर्धाबाट गर्ने भएको छ । आयोजनाहरुको प्रमुख जुनपायो त्यही बेला परिवर्तन गर्ने कार्यले विकास आयोजनाहरुको प्रगति हुन नसेको गुनासो देशभित्र र दातृ निकायहरुले गरिरहेको बेला सरकारले बजेट वक्तव्यमै आयोजना प्रमुखको नियुक्ति कम्तिमा दुई वर्षका लागि गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदमा पेश गरेको बजेटमा उल्लेख गरिए अनुसार विभागीय प्रमुख र आयोजना प्रमुखकको पदमा कम्तीमा दुई वर्षका लागि आन्तरिक प्रतिस्पर्धाको माध्यमबाट कार्यसम्पादन सम्झौता गरी गरिनेछ । आयोजनामा जनशक्ति, व्यवस्था, खरिद प्रक्रिया जस्ता कार्यको पूर्ण अधिकार प्रमुखलाई नै प्रदान गर्ने व्यवस्था गरिनेछ ।
आयोजनामा प्रमुखले भनेको अन्य कर्मचारी लैजान नपाउँदा प्रमुखले चाहेर पनि आयोजनाको प्रगतिमा बाधा पुगिरहेको छ । कतिपय आयोजनाहरुमा प्रमुखहरुलाई अन्य तल्लो तहका कर्मचारीले काम गर्न बाधा पारिरहे पनि उनीहरुले फेर्न सकिरहेका छैनन् । यसले आयोजनाको समग्र काममै बाधा परिरिहेको छ ।
सोही अवस्थाको अध्ययन गरी अर्थ मन्त्रालयले बजेट वक्तव्यमै आयोजना प्रमुख र विभागीय प्रमुखको नियुक्ति आन्तरिक प्रतिस्र्धाबाट कम्तीमा दुई वर्षका लागि गर्न लागेको हो । दुई वर्ष कुनै पनि आयोजना वा विभागीय प्रमुखको कार्य हेर्दा उसले कस्तो काम गरेको छ भन्ने बारेमा प्रष्ट हुनेछ ।
दातृ निकायहरुले नेपालमा आयोजना प्रमुखकको बेलाबेलामा हुने परिवर्तनप्रति पटकपटक प्रश्न उठाउँदै आएका छन् ।
यस्तै, सरकारले निर्माण कम्पनीहरुको वार्षिक रुपमा तेस्रो पक्षबाट मूल्यांकन गराउने र यस्तो मूल्यांक आयोजना ठेक्का लगाउँदा कमपनीको कार्य क्षमता मूल्यांकनको आधारको रुपमा लिने व्यवस्था मिलाउने भएको छ ।
बजेट वक्तव्यमा उल्लेख भए अनुसार राष्ट्रिय गौरवका पूर्वाधार आयोजनाहरुको अनुगमन स्वतन्त्र विज्ञहरु सम्मिलित तेस्रो पक्षबाट गराउने र संघीय आयोजनाको अनुगमन संघीय संसदका सदस्यहरुबाट गराउने व्यवस्था गरिनेछ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
- शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
- शेयर बजारको ओरालो यात्रा रोकियो, आज २ अंकको वृद्धि
- वर्षाले डढेलो निभाउने आशा
- सरकार परिवर्तनका लागि षड्यन्त्र भइरहेको छ: महासचिव पोखरेल
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया