रुस–युक्रेन द्वन्द्वका कारण खाद्यान्न अभाव
युरोप । रुस र युक्रेनका बीचमा जारी रहेको द्वन्द्वका कारण विश्वमा नै खाद्यान्न अभावको समस्या उत्पन्न हुनसक्ने संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघले केही समयदेखि नै विश्वमा खाद्यान्नको अभाव रहेको भन्दै अहिले रुस र युक्रेनको द्वन्द्वले गर्दा यो समस्या झन् बढ्नसक्ने जनाएको हो ।
द्वन्द्वका कारण सो क्षेत्रमा र त्यहाँ मात्र नभएर खाद्य असुरक्षाको अवस्था विभिन्न देशहरु हुँदै संसारभर फैलिन पनि सक्ने चेतावनी संयुक्त राष्ट्रसंघले दिएको हो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले बुधबार स्टकहोल्ममा सो कुरा बताएका थिए ।
महासचिव गुटर्रेसले बुधबार नै स्विडेनका प्रधानमन्त्री माग्दालेना एन्डर्सनसँग भेटवार्ता गरेका थिए । त्यस भेटका क्रममा उनले विश्वमा बढ्दो खाद्य असुरक्षाबारे कुराकानी पनि गरेको बताइएको थियो । त्यसक्रममा उनले रुस युक्रेन द्वन्द्वका साथै महामारीपछिको युरोपका बारेमा कुराकानी पनि गरेको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया