सर्वेक्षण भन्छ– महामारीबाट किशोरीहरू बढी प्रभावित
ब्रिसवेन । अस्ट्रेलियाका किशोरहरूलाईभन्दा किशोरीहरूलाई कोभिड–१९ ले बढी हानिकारक प्रभाव पारेको एक अध्ययनले देखाएको छ ।
युनिभर्सिटी अफ सिड्नीका अन्वेषकहरूले न्यू साउथ वेल्स, क्वीन्सल्याण्ड र वेस्टर्न अस्ट्रेलिया राज्यका करिब एक हजार किशोर किशोरीहरूको आहारविहार, शारीरिक क्रियाकलाप, मदिारा र सुर्तीजन्य वस्तुको प्रयोग, मनोरञ्जनात्मक समय,निद्राको ढाँचामा आधारित भएर गरेको सर्वेक्षणमा महामारीबाट किशोरीहरू बढी प्रभावित भएका देखिएको हो ।
दुई वर्षको अध्ययनले २४ प्रतिशत किशोरीहरू महामारीको समयमा कम निद्राबाट पीडित भएका तथा किशोरहरूको तुलनामा उनीहरूको मदिरा सेवनमा पनि वृद्धि भएको देखाएको छ । मानसिक स्वास्थ्य विशेषज्ञ एवम् सर्वेक्षणका प्रमुख लेखक लरेन गार्डनरले सर्वेक्षणका परिणाम विगत दशकमा देखा परेका प्रवृत्तिहरूसँग मिल्दाजुल्दा रहेका तर महामारीको तनावले स्थितिलाई अझ बढाएको बताएका छन् ।
‘विशेषगरी किशोरहरूमा किशोरावस्थामा मदिरा र सुर्तीजन्य पदार्थको प्रयोगमा वृद्धि हुने अपेक्षा गरिएको थियो तर मदिरा प्रयोगको दर अपेक्षाकृत कम पाइयो, बन्दाबन्दीका बेला किशोरकिशोरीहरूले मनोरञ्जनका निम्ति डिजिटल उपकरणहरूको अत्यधिक प्रयोग गरेका थिए भने पत्रु खाना पनि कम खाएका थिए’, सर्वेक्षण नतिजा सुनाउँदै उनले भनेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया