बैंकिङ क्षेत्रमा देखिएका समस्या समाधान गर्न अर्थमन्त्रीको पहल
काठमाडौं फागुन ६
अर्थमन्त्री डां युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरूसँग छलफल गरेका छन् । मुलुकको समसामयिक आर्थिक तथा वित्तीय अवस्था एवंम बैंकिङ क्षेत्रमा देखिएका समस्या र यसको समाधान गर्ने उद्देश्यले कार्यक्रममा बैंकिङ क्षेत्रमा विशेषगरी तरलताको अवस्था, कर्जाको माग, असुली र ब्याजदर, सम्पत्ति शुद्धीकरण अनुसन्धानसम्बन्धी पालना गर्नुपर्ने विषयहरू, सामाजिक सुरक्षा कोषमा निजी क्षेत्रको स्वतःस्फूर्त सहभागिता अभिवृद्धि, संस्थागत सामाजिक उत्तरदायित्वको दायरा फराकिलो बनाउने विषय, सहुलियतपूर्ण कर्जा वितरणलाई ऋणीको आवश्यकता र मागबमोजिम परिचालन, नेपाल राष्ट्र वैंकको एकीकृत निर्देशनहरूको कार्यान्वयन र ग्राहक पहिचानसम्बन्धी मौजुदा व्यवस्थालाई सरलीकरण गर्ने, हेजिङ सुविधा, मर्जर नीतिको कार्यान्वयनलगायत विषयहरूमा सहभागीहरूले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
उक्त छलफलमा अर्थमन्त्रीले बैंक तथा वित्तीय संस्थामा रहेका समस्याहरूको तत्काल र दीर्घकालीन समाधानको लागि संयन्त्र विकास गरी समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने र निजी क्षेत्रलाई विश्वासको वातावरण सृजना गरी लगानीमैत्री र व्यावसायिक वातावरणको सुनिश्चित गर्न अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा बैंकर्स एसोसियसनलाई आग्रह गरे ।
आजको छलफलका क्रममा उठेका विषयहरूमा केन्द्रित भई थप सहजीकरण गर्न आवश्यक गृहकार्य गरी कार्यान्वयनको प्रकृयामा लैजान अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स एसोसियसनले यथाशीघ्र छलफल गरी टुंगोमा पु-याउनसमेत निर्देशन दिए । कार्यक्रममा अर्थ सचिव शिशिर कुमार ढुङ्गाना, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसी नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरूलगायत अन्य पदाधिकारीहरू, अर्थ मन्त्रालयका पदाधिकारीहरूसहित सबै वाणिज्य वैंक एवं सामाजिक सुरक्षा कोषका प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
- १९ सय ९८ बिन्दुमा खुम्चियो सेयर बजार
- आइजिपी कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुखबीच शिष्टाचार भेटघाट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया