धेरै कीटनाशक पाइएपछि गहुँपछि भारतीय चिया पनि अस्वीकृत
नयाँ दिल्ली । केही दिनअघि टर्कीले भारतको गहुँमा कीटनाशकको मात्रा धेरै पाइएको भन्दै पठाएको गहुँ नै फिर्ता गरिदिएको थियो । अहिले फेरि टर्कीले भारतीय चियामा पनि सोही कारण देखाउँदै फिर्ता गरिदिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अधिक मात्रामा कीटनाशक र रसायन पाइएको बताएपछि यसको समाधान कसरी गर्ने भन्ने चिन्ता बढेको नवभारत टाइम्सले उल्लेख गरेको छ। पछिल्ला केही वर्षयता चियाबगानमा विश्व तापक्रमवृद्धिको कारण धेरै बदलाव आइरहेको छ । कहिले अतिवृद्धि हुने त कहिले अनावृष्टि हुने गरेको छ । यस्तो हुँदा कीराहरुको खतरा बढिरहेको छ । त्यही कारण चियामा धेरै मात्रामा कीटनाशकको प्रयोग पनि बढेको छ । धेरैजसो कीटनाशकको असर धेरै लामो समयसम्म देखिन्छ । विदेशमा खानपिनका वस्तुलाई लिएर कडा नियम लगाइएको छ । पूरा जाँचपछि मात्रै सामान खरिद गर्ने चलन रहेको छ ।
प्राकृतिक खेतीबाट मद्दत मिल्ने
यसैबीच, रसायन र कीटनाशकबाट बच्न प्राकृतिक खेती गर्नु उपयुक्त हुने देखिएको छ । यसमा खेतमा रसायनबाहेक गाईको गोबर र मूत्रबाट तयार मलको प्रयोग उपयुक्त हुनसक्ने बताइएको छ । गाईको मूत्रमा नीमको पात, धतुरोको पात, माटो र चनाको पीठो जस्ता वस्तुहरु मिलाएर कीटनाशक तयार गरिन्छ । यसको प्रयोगबाट पैदावरमा पनि असर हुँदैन । भारतका धेरै ठाउँमा किसानहरुले यस्तो विधि समेत प्रयोग गरिरहेको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- कोही किन गर्छ नेपालमा लगानी ?
- ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौँमा प्रभातफेरी (तस्बिरहरु)
- समसामयिक राजनीतिक व्यङ्ग्य
- अर्थतन्त्रको आकार बढाउन गर्नुपर्ने काम
- ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
- व्यवस्थापन गर्न कठिन एकल विन्दु सेवा केन्द्र
- देशभर इन्टरनेट सेवामा समस्या
- संसद्को बजेट अधिवेशन आह्वान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया