रिलायन्स लाइफ इन्स्योरेन्सको ‘पुनः बीमालेख पुनर्जागरण अभियान’
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा ग्राहकवर्गको अनुरोधलाई मध्यनजर गरी पुनः पुनर्जागरण अभियान सञ्चालन गरेको छ । पुनर्जागरण अभियानअन्तर्गत कम्पनीबाट जारी भएका बीमालेखहरू नवीकरण नगरी व्यतित भएका बीमालेखको हकमा शतप्रतिशत विलम्ब शुल्क छुट गर्ने व्यवस्था गरिएको छ ।
यो योजना दुई वर्ष वा सोभन्दा कम समय व्यतित भएका बीमालेखमा मात्र लागू हुनेछ । यसका साथसाथै, बीमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । उक्त पुनर्जागरण अभियान यही २०७९ साल जेठ २० गतेदेखि असार १५ गतेसम्म सञ्चालन हुनेछ र आफ्नो व्यतित भइसकेका बीमालेखहरू विलम्ब शुल्कविना नै नवीकरण गरी आफ्ना ग्राहकहरूलाई सुनौलो मौकाको फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ । साथै, बीमालेख पुनर्जागरण गर्दा स्वास्थ्य परीक्षण गर्नुपरेमा मेडिकल फी कम्पनीले व्यहोर्ने छ ।
हरेक नेपालीलाई बीमाको दायराभित्र ल्याई उनीहरू र उनीहरूसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बीमा अनिवार्य रहेको छ । अतः यसै कुरालाई मध्यनजर गरी रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहक वर्गको जीवन सुरक्षाको महत्वलाई मध्यनजर गरी बीमालेख पुनर्जागरण अभियान सञ्चालन गरेको कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया