महिला किसानलाई अर्गानिक कम्पोष्ट मल प्रदान
काठमाडौं । नेपाल उद्योग परिसंघको महिला नेतृत्व मञ्चले महिला किसानहरुलाई अर्गानिक कम्पोष्ट मल प्रदान गरेको छ । जुन ५ अर्थात् विश्व वातावरण दिवसको अवसर पारेर मञ्चले मकवानपुरस्थित मकवानपुरगढी गाउँपालिका सिमल्टारका दुई सय महिला किसानलाई २५ सय किलोग्राम अर्गानिक कम्पोष्ट मल वितरण गरेको हो ।
मञ्चले तीलगंगा महिला बहुउद्देश्य संस्था लिमिटेडको समन्वयमा दुई सय जना महिला किसानलाई जनही २५ किलोग्राम अर्गानिक कम्पोस्ट वितरण गरेको हो । कम्पोष्ट मल वितरण कार्यक्रममा महिला कृषकलाई कम्पोष्ट मल बनाउने तरिका पनि सिकाइएको थियो ।
कम्पोष्ट मल वितरण गर्दै महिला नेतृत्व मञ्चकी अध्यक्ष छाया शर्माले माटोलाई जोगाउन अति नै आवश्यक रहेको बताइन् । किसानका लागि हरेक दिन वातावरण दिवस हुनुपर्ने तथा कृषिलाई व्यवसायमुखी बनाउनुपर्नेमा पनि उनले जोड दिइन् । वातावरण स्वच्छ नभएसम्म मानिसहरु पनि स्वस्थ रहन नसक्ने भन्दै उनले वातावरण स्वच्छ राख्न पनि सबैको भूमिका महत्वपूर्ण हुने बताइन् ।
कार्यक्रममा डा. आनन्द शोभा ताम्राकारले महिला कृषकलाई कम्पोष्ट मल बनाउने तरिकाबारे जानकारी गराइन् । सोही कार्यक्रममा नेपाल बंगलादेश बैंकबाट १० जना महिला किसानलाई किसान क्रेडिट कार्ड पनि उपलब्ध गराइएको थियो ।
कार्यक्रममा महिला नेतृत्व फोरमका सदस्यहरु सुनिता न्हेमाफुकी, मञ्जु शर्मा, कल्पना श्रेष्ठ, नेपाल बंगलादेश बैंकका उपमहाप्रबन्धकसहितका प्रतिनिधिहरु सहभागी थिए । यस वर्षको विश्व वातावरण दिवसको नारा ‘वन्ली वान अर्थ’ रहेको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया