बरुवालको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम
काठमाडौं । पुष्प बरुवाल स्मृति फाउन्डेसनले स्वर्गीय पुष्प बरुवालको सम्झनामा एक श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको थियो । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । २०२७ साल भदौ १८ गते जन्मिएका स्व. बरुवालको कोभिड १९ को दोस्रो लहरको संक्रमणबाट २०७७ जेठ २४ गते अमेरिकामा स्वर्गारोहण भएको थियो ।
प्रमुख अतिथि केपी शर्मा ओलीको उपस्थितिमा बरुवाल परिवारका सदस्यहरू, साथीसङ्गी र शुभचिन्तकहरूको बाक्लो उपस्थिति थियो । एक वर्ष पुगेको उक्त श्रद्धाञ्जली कार्यक्रममा स्वर्गीय पुष्प बरुवालको शैक्षिक, राजनीतिक, सामाजिक र पर्यटन व्यवसायहरूको संस्थागत विकास र उन्नतिमा पु-याएको योगदानको स्मरण गरिएको थियो ।
उनको सम्झनामा प्रकाशन गरिएको स्मारिकाको विमोचन कार्यक्रमका प्रमुख अतिथि केपी शर्मा ओलीले गरेका थिए । कार्यक्रममा ओलीले कोभिड १९ को महामारीको समयमा धेरै विकशित भनिएका देशहरूमा पनि अस्तव्यस्त भएको समयमा नेपालले सकेसम्म त्यसको व्यवस्थापन गरेको प्रसङ्गलाई उठाएका थिए । उक्त समारोहमा स्वर्गीय पुष्प बरुवालले छोटो समयमा धेरै क्षेत्रमा अग्रसर भई देश र समाजलाई योगदान दिएकोमा प्रशंसा गर्दै स्वर्गारोहणले परिवारमा परेको दुःखद अवस्थालाई धैर्य रहन आग्रह गरे ।
स्वर्गीय पुष्प बरुबालको सम्झनामा उनले अध्ययन र अध्यापन गरेका शैक्षिक संस्थाहरूमा छात्रवृत्तिको व्यवस्था गरिएको र सम्झनास्वरूप गौरीगञ्ज २ झापामा सालिक र धर्मशालाको स्थापना गरिएको जानकारी गराइएको थियो ।
स्वर्गीय बरुवालकी श्रीमती खेमकुमारी बरुवाल र दुई छोराहरू छन् । पारिवारिक भेटघाटको सिलसिलामा अमेरिका गएको समयमा उनको स्वर्गारोहण भएको थियो । उक्त कार्यक्रमको सभापतित्व बरुवालका साइँला भाइ गणेश बरुवालले गरेका थिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया