नबिल बैंक र भक्तपुर उद्योग वाणिज्य संघबीच अन्तरक्रिया
काठमाडौं, फागुन ७
नबिल बैंक लिमिटेड र भक्तपुर उद्योग वाणिज्य संघबीच अन्तरक्रिया भएको छ । मंगलबार वाणिज्य संघको कार्यालयमा भक्तपुर जिल्लाका उद्योग तथा व्यवसाय प्रवर्द्धन विषयक एक अन्तरक्रिया कार्यक्रमको आयोजना भएको हो । सोही कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठबीच, बैक र संघका सदस्यहरूलाई, व्यवसाय प्रवर्द्धन तथा बैकिड सेवा सुलभ तवरबाट उपलब्ध गराउनेसम्बन्धी सम्झौतासमेत भएको छ । सो कार्यक्रममा संघका पदाधिकारी तथा व्यवसायी सदस्यहरूबाट राखेका बैंक सेवा सुविधासम्बन्धी जिज्ञासाउपर बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले प्रत्युत्तर दिएका थिए ।
सम्झौतासँगै नबिल बैंकले भक्तपुर उद्योग वाणिज्य संघका सदस्यका साथ साथै देशभरका व्यवसाय र उद्योग क्षेत्रको प्रवर्द्धन र संरक्षणको लागि बैंकले सदा सहयोग गर्ने कुरा शाहले जानकारी गराउनु भयो । सो समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने बैंकले भक्तपुर तथा देशभर रहेका व्यवसाय र उद्योग क्षेत्रलाई संरक्षण र उन्नतिको लागि नबिल बैंक तत्पर रहनेछ । व्यवसाय र उद्योग क्षेत्रको विकासका लागि भक्तपुर उद्योग वाणिज्य संघसँग सहकार्य गर्न पाउँदा हामी निकै खुशी छौँ । यो सहकार्यले उद्योग वाणिज्य क्षेत्रमा आबद्ध भएका व्यवसायहरूलाई लाभ हुने विश्वास हामीले लिएका छौँ ।
भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठले भने भक्तपुर उद्योग वाणिज्य संघले नबिल बैंकसँग सम्झौता गरी भक्तपुरका व्यवसाय र उद्योग क्षेत्रको प्रवर्द्धन गर्न बैंकको साथ पाउँदा निकै खुशी लागेको छ । निजी क्षेत्रको तर्फबाट यस्तो सहकार्य गर्न आरम्भ भएकोमा हामी हतोत्साहित भएका छौँ र बैंकलाई धन्यवादसमेत ज्ञापन गर्दछौँ । बैंकले हाल एक सय १४ वटा शाखाहरू, एक सय ६६ वटा एटीएमहरूको विशाल संरचना र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरूका साथमा देशव्यापीरूपमा र विश्वभर धेरै एजेन्टहरूमार्फत सेवा प्रदान गरेर आफ्ना सबै स्टेक होल्डरहरूसँगैअघि बढ्ने विश्वास राखेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया