एचएसबीसी बैंकले ३५ हजार रोजगारी कटौती गर्ने
लन्डन, फागुन ७
चर्चित एचएसबीसी बैंकले ३५ हजार रोजगारी कटौती गर्ने भएको छ । नाफामा ठूलो गिरावटलाई कारण देखाउँदै कम्पनीले उक्त योजना बनाएको बताएको हो । बैंकले सन् २०२२ सम्म साढे ४ अर्ब अमेरिकी डलर खर्च बचाउने योजना बनाएको छ ।
बैंकले कम्पनी पुनर्संरचना गर्ने प्रयासका रुपमा यसलाई लिएको बताइएको छ । बैंकका अन्तरिम प्रमुख कार्यकारी नोइल क्विनले कम्पनीले आगामी ३ वर्षभित्र २ लाख ३५ हजारबाट कर्मचारी कटौती गर्दै २ लाखमा झार्ने योजना बनाएको बताए । बैंकले आम्दानीको ठूलो हिस्सा एसियाबाटै संकलन गर्छ । गत वर्ष कम्पनीले करसहित वार्षिक मुनाफा १३ अर्ब ३५ करोड डलर संकलन गरेको थियो ।
युरोपमा गरेको लगानीबाट गत वर्ष मुनाफामा असर गरेको बैंकले जनाएको छ । गत वर्ष बैंकको ७ अर्ब डलर नाफा कम भएको बैंकले जनाएको छ । कटौती गर्ने भनिएको ३५ हजार रोजगारी अनुमान गरिएभन्दा धेरै भएको बताइएको छ । यो भनेको कुल रोजगारीको १५ प्रतिशत हो । विश्लेषकहरुले १० हजार रोजगारी कटौती गर्न सक्ने अपेक्षा गरेका थिए ।
उक्त बैंक विश्वका ५० बढी देशमा सञ्चालन हुँदै आएको छ । मुख्य गरी उत्तर अमेरिका, युरोप, मध्यपूर्व र एसियामा बैंकको उपस्थिति छ । बैंकले ४० हजार बढी बेलायतीलाई रोजगारी दिएको छ । बेलायतमा बैंकको मुख्य कार्यालय रहेको छ । पछिल्लो समय फैलिएको कोरोना भाइरसको महामारीलाई पनि बैंकको यो निर्णयसँग जोडेर हेरिएको एजेन्सीहरुले जनाएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया