‘डिजिटल रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको व्यापाक खाँचो’
काठमाडौं । सरोकारवालाहरूले डिजिटल नेपाल रूपान्तरणका लागि सहकार्यको खाँचो औँल्याएका छन् । आईसीटी फाउन्डेसन नेपालले आयोजना गरेको दुईदिने ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ २०२२ इन असोसिएसन विथ इन्फोडभलपर्स कनेक्टेड विथ एनसेल’ कार्यक्रममा सहभागी वक्ताहरूले सरकार र निजी क्षेत्र एक्लैले मात्र डिजिटल रूपान्तरण गर्न सम्भव नभएको भन्दै यसका लागि सम्पूर्ण पक्षबीच व्यापक सहकार्यको खाँचो रहेको बताएका हुन् ।
‘आईसीटी क्षेत्रलाई उद्योगको रूपमा विकास गर्न हामी प्रयासरत छौँ, सरकारको नीति तथा बजेट कार्यक्रम र हाम्रा १५औँ योजनामा यी कुरा स्पष्ट छन्,’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले भने, ‘अब यस क्षेत्रलाई अगाडि बढाउन सहकार्यको खाँचो छ । यसका लागि नियामक निकाय र निजी क्षेत्र दुवैले आफ्नो क्षमता अभिवृद्धि गरी बृहत् सहकार्य गर्नपर्छ ।’ राष्ट्रिय योजना अयोगका सदस्य सचिव केवल प्रसाद भण्डारीले नेपालको आईटी पार्क निर्माणको कार्यलाई अगाडि बढाएर आईटी कम्पनीका लागि औद्योगिक क्षेत्र तथा भारतले जस्तै कर सुविधाको व्यवस्था गर्नसके आईटीको उद्योग विकास गर्नसक्ने ठूलो सम्भावना रहेको बताए ।
साथै सरकारले पाँच करोड रूपैयाँको न्यूनतम प्रत्यक्ष वैदेशिक लगानीको क्यापलाई घटाएको धन्यवाद दिँदै आईटी सेक्टरका लागि लगानीको कुनै थ्रेसहोल्ड राख्न नहुने समेत उनले बताए । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले मन्त्रालय डिजिटल फाउन्डेसन, डिजिटल साक्षरता र पहुँचलाई बढाउनमा केन्द्रित रहेको बताए । साथै सचिव अर्यालले घरेलु आईटी उद्योगको उत्पादनलाई प्रवर्द्धन गर्न सहयोग गर्ने बताउँदै कानुनमा समेत यस्ता कुराको व्यवस्था गर्न विज्ञहरूको सुझावलाई सधैँ स्वागत गर्न मन्त्रालय तयार रहेको बताए ।
कार्यक्रममा निजी क्षेत्रका उद्योगीहरूले आईटी उद्योगका लागि जनशक्ति समस्याको गुनासो गर्दै सरकारसँग दक्ष जनशक्तिलाई देशभित्रै राख्नसक्ने नीति नभएको बताएका थिए । उद्योग मन्त्रालयका सचिव पोखरेलले आईटी क्षेत्रको जनशक्ति उत्पादनका लागि पोखराबाट इन्डस्ट्रियल स्ट्राटेजी सुरु गरिसकेको र मन्त्रालय सहकार्यका लागि तयार भएको बताए । यसैगरी सरकारको वित्त प्रविधि विकासमैत्री नीतिका कारण फिनटेक इनोभेसनमा नेपाल ‘ट्रान्जिसन फेज’मा पुगिसकेको सरोकारवालाहरूले बताएका छन् । कन्क्लेभको ‘डिजिटल फिनोभेसन इन नेपाल’ विषयक सत्रमा बोल्दै सरोकारवालाहरूले डिजिटल सोसाइटी उन्मुख नेपालमा प्रविधिमैत्री वित्तीय अस्त्रहरूको पनि वृद्धि भइरहेको उल्लेख गरे । ‘वित्त प्रविधिलाई लिएर सरकारको खुला नीति र निजी क्षेत्रको सहयोगका कारण यस क्षेत्रमा फेनोमिनल ग्रोथ भइरहेको छ ।’ नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंहले भने ।
डिजिटल रूपान्तरणका लागि सरोकारवालाहरूबीच बृहत् छलफल प्रयासको रूपमा असार ४ गतेदेखि आयोजना भएको दुईदिने डिजिटल नेपाल कन्क्लेभको अन्तिम दिन विभिन्न विषयमा नौवटा सम्वादन सत्रहरू राखिएका थिए । यसैगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका प्रविधि विज्ञ व्यक्तित्वहरूले आईसीटी क्षेत्रका विविध विषयमाथि कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
- उद्योग व्यवसाय फस्टाउन सकेमात्र श्रमिक अधिकार स्थापित हुन्छ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया