भियतनाममा छ महिनामा १२ पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि
भियतनाम । भियतनाममा पेट्रोलियम पदार्थको मूल्य ६ महिनामा १२ पटक वृद्धि भएको छ । सन् २०२२ को अहिलेसम्म ६ पटक मूल्यवृद्धि भइसकेको अधिकारीहरूले मंगलबार जानकारी दिएका छन् ।
विश्वबजारमा पटक–पटक निरन्तर पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकाले आफ्नो देशमा पनि मूल्यवृद्धि गर्नुपरेको उनीहरूको भनाइ छ । उनीहरूका अनुसार यही जुन महिनाको २१ दिनमा मात्रै तीन पटक मूल्य वृद्धि भइसकेको छ ।
देशको उद्योग तथा व्यापार मन्त्रालयले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने निर्णय सम्बन्धित निकायलाई पठाएको छ । देशमा अहिले आन्तरिक मागका लागि पाँच देखि सात दिनलाई मात्रै पुग्ने पेट्रोलियम पदार्थ रहेको पनि सरकारी अधिकारीहरूले जनाएका छन् ।
महंगो र अभाव भइरहेको पेट्रोलियम पदार्थको खपत तथा माग घटाउन पनि मूल्य वृद्धि गर्नुपरेको सरकारी अधिकारीहरूको भनाइ छ । पेट्रोलियम पदार्थको मूल्य अझ धेरै हुन नदिन सरकारले वातावरण संरक्षण कर कटौती गर्न अर्थ मन्त्रालयले प्रस्ताव गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया