सिद्धार्थ बैंकको १० दशमलव ७५ प्रतिशत ‘एसबीएल डिबेन्चर २०८९’ ऋणपत्र निष्काशन
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले यही असार १० गतेदेखि चार अर्ब रुपैयाँको ४० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँको दरले ४० लाख कित्ता १० दशमलव ७५ प्रतिशत एसबीएल डिबेन्चर २०८९ बिक्री खुला गरेको हो, जसमा लगानीकर्ताले वार्षिक १० दशमलव ७५ प्रतिशत ब्याजदर पाउन सक्नेछन् । यस ऋणपत्रको अवधि १० वर्ष रहनेछ ।
आकर्षक र सुनिश्चित प्रतिफल प्रदान गर्ने उत्कृष्ट दीर्घकालीन लगानीको अवसरका साथ सर्वसाधारण र विभिन्न संघसंस्थाका लागि जारी गरिएको उक्त ऋणपत्रमा लगानीकर्ताले बैंकिङ उद्योगमध्येकै उच्चतम ब्याजदर प्राप्त गर्न सकिनेछ ।
बैंकले ४० लाख कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात् १६ लाख कित्ता सर्वसाधारण लगानीकर्तालाई र ६० प्रतिशत अर्थात् २४ लाख कित्ता विभिन्न संघसंस्थालाई बिक्री गर्नेछ । सर्वसाधारणका लागि निष्काशन गरिएको कुल ऋणपत्रमध्ये पाँच प्रतिशत अर्थात् ८० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरूले यस ऋणपत्रका लागि नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
यसको निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ र यस ऋणपत्रलाई आइक्रा नेपाल लिमिटेडले मध्यम मात्रामा सुरक्षा तथा प्रतिकूल प्रभावसहित सूक्ष्म निगरानी जनाउने रेटिङ प्रदान गरेको छ । ऋणपत्र निष्कासन बन्द हुने मिति छिटोमा २०७९ असार १४ गते र ढिलोमा असार २४ गते रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने
- सोलुखुम्बुमा डढेलोले दश घर जल्नुका साथै दर्जनौँ पशुचौपाया हताहत
- पाेखराको बिजुली पसलमा आगलागी, सवा करोडको क्षति
- सूचना प्रविधिको विकासमा क्रियाशील व्यक्ति तथा संस्था पुरस्कृत
- प्रमुख आयुक्तद्वारा राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश
- जापानमा ९० लाख घर खाली
- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा गिरावट
- एसिया प्रशान्त क्षेत्रमा डिजिटल रूपान्तरणको अवसर खोजिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया