भारतको आसाममा बाढीपहिरोबाट करिब ५५ लाख प्रभावित, मृत्यु हुनेको संख्या १०१ पुग्यो
आसाम । भारतको उत्तरपूर्वी राज्य आसाममा आएको बाढीले ५४ लाख ५० हजार भन्दा बढी मानिस प्रभावित भएका भारत सरकारले जनाएको छ । बिहीबारसम्म बाढीपहिरोका कारण १०१ जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार जनाएका छन् ।
बर्षापछि थुप्रै ठाउँमा डुबान भएको छ भने ठाउँठाउँमा पहिरो गएर पाइपहरू बगाइदिँदा कतिपय स्थानमा खानेपानीको अभावसमेत देखिएको छ । बुधबार राज्यभर १२ जनाको मृत्यु भएको स्थानीय समाचारमा जनाइएको छ ।
बाढीले आसाममा बाढी आउन थालेपछि मे महिनाको मध्यदेखि मृत्यु हुनेको संख्या एक सय एक पुगेको छ । हाल राज्यका ३२ जिल्ला बाढीबाट प्रभावित छन् । प्रभावित जिल्लामा झण्डै पाँच हजार गाउँ डुबानमा परेको र ९९ हजार २६ हेक्टर क्षेत्रफलमा बाली क्षेत्रमा क्षति पुगेको अधिकारीहरुले बताए ।
स्थानीय तहले प्रभावित जिल्लामा एक हजार आठ सय ७१ राहत शिविर र वितरण केन्द्र स्थापना गरेका छन् । शिविरमा सात हजार नौ सय ७८ बालबालिकासहित २७ हजार एक सय २५ जनाले आश्रय लिइरहेका बताइएको छ । प्रभावित जिल्लाका स्थानीय प्रशासनले उद्धार र राहत कार्यलाई तीव्रता दिएको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने
- सोलुखुम्बुमा डढेलोले दश घर जल्नुका साथै दर्जनौँ पशुचौपाया हताहत
- पाेखराको बिजुली पसलमा आगलागी, सवा करोडको क्षति
- सूचना प्रविधिको विकासमा क्रियाशील व्यक्ति तथा संस्था पुरस्कृत
- प्रमुख आयुक्तद्वारा राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश
- जापानमा ९० लाख घर खाली
- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा गिरावट
- एसिया प्रशान्त क्षेत्रमा डिजिटल रूपान्तरणको अवसर खोजिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया