बंगलादेशको पद्मा पुल यातायातका लागि खुल्ला
ढाका । चिनियाँ कम्पनीले निर्माण गरेको पद्मा पुलको शनिबार उद्घाटन गरिएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेख हसिनाले पुलको उद्घाटनपछि राजधानी ढाका र देशको दक्षिणी भागका २१ जिल्लाबीच सडक र रेलमार्गबाट सिधा सञ्चार स्थापनाका लागि महत्त्वपूर्ण हुने बताएकी छिन् ।
उक्त पुलको निर्माणसँगै बंगलादेशको जीडीपी वृद्धिमा १.२३ प्रतिशत योगदान पुग्ने र प्रतिवर्ष ०.८४ प्रतिशत विन्दुले गरिबी दर घटाउने अपेक्षा गरिएको उनले बताएकी छिन् । पुललाई केन्द्रमा राखेर नयाँ आर्थिक क्षेत्र र हाईटेक पार्क निर्माण गरिनेछ । फलस्वरूप स्वदेशी तथा विदेशी लगानी आकर्षित हुने र मुलुकको औद्योगिकीकरणको गतिले गति लिने प्रधानमन्त्रीको दाबी छ ।
‘पद्मा पुल एसियाली राजमार्ग नेटवर्कको एक प्रमुख हिस्सा हो, जसले क्षेत्रीय व्यापारमा ठूलो योगदान पु¥याइरहेको छ’, उनले भनिन् । उक्त पुल ढाकाबाट करिब ४० किलोमिटर दक्षिणपश्चिममा अवस्थित छ जसको कुल लम्बाइ ९.८ किलोमिटर छ र त्यसमध्ये मुख्य पुल ६.१५ किलोमिटर लामो छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया