भूकम्प प्रभावित अफगानिस्तानलाई एक करोड अमेरिकी डलर
अमेरिका । संयुक्त राष्ट्रसंघले संयुक्त राष्ट्रसंघको केन्द्रीय आपत्कालीन प्रतिक्रिया कोष (यूएनसीईआरएफ) बाट आइतबार एक करोड अमेरिकी डलर विनियोजन गरेको छ ।
मुलुकको पूर्वी भेगमा गएको भूकम्पबाट प्रभावित अफगानिस्तानी जनतालाई सहयोग गर्न संयुक्त राष्ट्रसंघले बजेट विनियोजन गरेको हो । मानवीय मामिला तथा आकस्मिक उद्धार संयोजक तथा उप–महासचिवले मार्टिन ग्रिफिथ्सले भूकम्पका कारण प्रभावित मुलुकमा आवश्यक सहयोगका लागि तत्काल उक्त सहयोग पठाउन लागिएको बताएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
‘भग्नावशेषमा गाडिएका बालबालिकासहित सयौं मानिसहरूले ज्यान गुमाएका छन् । अन्य थुप्रै घाइते भएका छन् । घरहरू भत्किएका छन्’, ग्रिफिथले एक ट्विटमा लेखेका छन्, ‘भूकम्प अफगानिस्तानमाथि आइपरेको सबैभन्दा पछिल्लो दुःखद घटना हो मैले तत्काल मद्दत गर्न एक करोड अमेरिकी डलर विनियोजन गराएको छु ।’
भूकम्पबाट नराम्ररी प्रभावित जनतालाई ठूलो रकम उपलब्ध गराएर विश्वभरका विभिन्न संस्थाले सहयोग गर्दै आएको समय राष्ट्रसंघको पनि सहयोग आएको हो । बुधबार राजधानी सहर काबुललगायत अफगानिस्तानका केही भागहरूमा ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया