डेलले दुई अर्ब डलरमा बिक्री गर्दै साइबर सुरक्षा एकाइ
अमेरिका, फागुन ९
प्रसिद्ध प्रविधि कम्पनी ‘डेल टेक्नोलोजी’ले आफ्नो साइबर सुरक्षा एकाइ (आरएसए) दुई अर्ब आठ करोड अमेरिकी डलरमा सिम्फनी टेक्नोलोजी समूहलाई बिक्री गर्ने भएको छ । आरएसए कम्प्युटर प्रणालीको रक्षा गर्नमा विशेष सफल मानिन्छ भने यसले साइबर–सुरक्षा छलफलहरू चलाउने गर्छ । यो वर्षको अन्त्यसम्ममा सम्झौता बन्द हुने अपेक्षाहरू गरिएका समय डेलले यो घोषणा गरेको हो ।
‘विश्वको उच्च सुरक्षा ब्रान्डमध्ये एक डेलको आरएसएले डिजिटल रूपान्तरणको साथसाथै द्रुतगतिमा विकास भइरहेको ग्राहक चुनौतीहरूको समाधान गर्नका लागि ठूलो अवसरको प्रतिनिधित्व गर्दछ’, सिम्फनी समूहका प्रबन्ध साझेदार विलियम चिशोलमद्वारा जारी विज्ञप्तिमा बताइएको छ । डेलका अनुसार आरएसएका एक हजार दुई सयभन्दा बढी ग्राहक छन् र यसको मुख्य समूह साइबर–सुरक्षा उद्योगको सबैभन्दा ठूलो समूह हो । ‘लेनदेनले हाम्रो व्यवसाय र उत्पादन कार्यलाई अझ सजिलो बनाउनेछ’, डेल टेक्नोलोजीका प्रमुख सञ्चालन अधिकारी अफिसर जेफ क्लार्कले भने ।
‘यसले डेल टेक्नोलोजीको तथ्यांक सुरक्षित र समयअनुकूल बनाउनको लागि हाम्रो रणनीतिमा केन्द्रित भर्ई संरचना, मञ्च र उपकरणहरूमा स्वचालित तथा बौद्धिक सुरक्षा निर्माणको काम गर्छ’, उनले भनेका छन् । सन् १९८२ मा स्थापना भएको आरएसएले तथ्यांकलाई संकेतमा ढाल्ने प्रणाली विकास गरेको थियो । अमेरिकी यस कम्पनीलाई सन् २००६ मा करिब दुई अर्ब १० करोड अमेरिकी डलरमा ईएमसीले किनेको थियो तर एक दशक पछि डेलले सोही प्रणालीलाई ४४ अर्ब अमेरिकी डलरमा अधिग्रहण गरेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया