ह्याकरले चेतावनी दिएपछि बेलायतको निर्वाचन प्रभावित
लन्डन । विद्युतीय मतदान यन्त्रलाई ह्याक गरिएको चेतावनी आएपछि बेलायतमा प्रधानमन्त्री चयनका लागि भएको मतदान प्रभावित हुने भएको छ । देशको सरकारी सञ्चार मुख्यालयले नै ह्याकरहरुले मेसिन ह्याक गर्न लागेको चेतावनी आएकाले मतदान प्रभावित हुने भएको जनाएको छ ।
करिब एक लाख ६० हजार टोरी सदस्यका लागि मतपत्रहरू सोमबारदेखि पठाउने कार्यक्रम भएपनि ह्याकरको चेतावनीका कारण ती मतपत्रहरू ढिलोमा अगस्ट ११ सम्ममा पुग्नसक्ने बताइएको छ । यसअघि, कन्जरभेटिभ पार्टीका सदस्यहरूलाई पठाइने हुलाकी मतपत्रमा कोड राखि प्रधानमन्त्रीका उम्मेदवार लिज ट्रस र ऋषि सुनकबीच ‘पोस्ट वा अनलाइन’द्वारा चयन गर्न सक्ने व्यवस्था गरिएको थियो ।
मतपत्र ह्याक भएको भन्ने सूचनापछि नेशनल साइबर सेक्युरिटी सेन्टरको सल्लाहअनुसार मतदानको पूर्व योजना परिवर्तन गरिएको छ । मंगलबार साँझ एउटा इमेललाई संकेत गर्दै बेलायतस्थित एक सञ्चारमाध्यमले अधिकारीलाई उद्धृत गरी लेखेको छ, ‘तपाईंको मतपत्र अहिले बाटोमा छ, तर यो हामीले सुरुमा भनेभन्दा अलिपछि तपाईँसँग आउनेछ ।’
समाचारमा अधिकारीलाई उद्धृत गरि भनिएको छ, ‘कृपया चिन्ता नगर्नुहोस् । यसो हुनुको कारण के हो भने, हामीले हाम्रो मतपत्र प्रक्रियामा केही थप सुरक्षा प्रावधान थप्न केही समय लिएका छौं, जसले हामीलाई केही ढिला बनाएको छ ।’ पहिलो अनलाइन मतदान प्रणालीअन्तर्गत, साइबर ह्याकरले प्रतिस्पर्धाको अन्त्यतिर अनलाइनबाट धेरै मतपत्रहरूमा संशोधन गर्नसक्ने, साथै, मतपत्रमा देखिने कोड भएमा हुलाकबाट मतदान गर्ने र आफ्नो मतपत्रको तस्बिर अनलाइनमा राख्ने व्यक्तिको विवरण परिवर्तन गर्न सक्ने सम्भावना थियो ।
परिणाम सेप्टेम्बर ५ मा घोषणा गरिनेछ । स्मार्केट्सका अनुसार, ब्रिटिश विदेश सचिव लिज ट्रसले बोरिस जोन्सनलाई बेलायतको पछिल्लो प्रधानमन्त्रीको रूपमा ९०.९१ प्रतिशतले प्रतिस्थापन गर्ने दौडको नेतृत्व गरिरहेका छन् जबकि ऋषि सुनकको प्रधानमन्त्री हुने सम्भावना ९.०९ प्रतिशत पुगेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया