भुक्तानीको समस्या समाधान गर्दै भारत–रूस
नयाँ दिल्ली । रुस र युक्रेनबीचको युद्ध र पश्चिमा देशको प्रतिबन्धका बाबजुद रुस र भारत भुक्तानी समस्या समाधानको प्रयास गरिरहेका छन् । पश्चिमा देशले रुसका मुख्य नौवटा बैंकविरुद्ध आर्थिक प्रतिबन्ध लगाएका छन् ।
प्रतिबन्धपछि तेल बिक्रीमा बजारको खोजीमा रहेको रुस र सस्तो तेलको फाइदा उठाउन लागिपरेको भारत भुक्तानीको समस्या समाधानमा लागेको रोयटर्सले जनाएको छ । भारतले धेरैभन्दा धेरै रुसी कच्चा तेल खरिद गरेको छ । हालसम्म भारतले उक्त तेल खरिदकै कारण प्रतिबन्धको असर सामना गर्नुपरेको भने छैन । तर भुक्तानीको बाटो भने पहिल्याउन नसकेको बताइएको छ । रुसमाथि लागेका प्रतिबन्धको उल्लंघनविना दुई देशबीचको व्यापार प्रवाहलाई निरन्तरता दिन जुनमा भारतीय र रुसी अधिकारीबीच भेटवार्ता भएको थियो ।
उक्त बैठकमा भारतीय बैंकहरुले रुसी समकक्षीसँग मिलेर खाता खोल्ने सुझाव आएको थियो । यसो गर्दा प्रतिबन्धको कुनै उल्लंघन नहुनेबारे छलफल भएको थियो । झण्डै दर्जन रुसी बैंक अहिले पनि प्रतिबन्धमा रहेका छैनन् । यद्यपि उक्त बैठकमा के भयो भन्ने आधिकारिक कुरा बाहिर नआए पनि रुसी बैंकहरुले जुन बैठकमा भारुमै कारोबार हुनसक्ने भएकाले रिजर्भ बैंक अफ इन्डियालाई भारतीय सम्पत्तिमा लगानी गर्न अनुमति दिन माग गरेका थिए । यही नै भुक्तानीको उपयुक्त समाधान हुने रुसी पक्षको तर्क रहेको बताइएको छ ।
त्यस्तै अर्को विकल्पबारे पनि छलफल भएको बताइएको छ । त्योचाहिँ भारुलाई रुबलमा परिवर्तन गर्न केही समस्या आए केही रुसी बैंकले भारतीय वित्तीय सम्पत्तिमा लगानी गर्न सक्नेबारे पनि छलफल भएको थियो । जे जे निर्णय भए पनि दुवै पक्ष पश्चिमा प्रतिबन्धलाई नचलाईकन भुक्तानी समस्या सुल्झाउने पक्षमा रहेको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
- एनसेलको आकर्षक बोर्डर रोमिङ प्याक
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया