पेलोसी ताइवान गएसँगै चीन–अमेरिका तनाव
बेइजिङद्वारा वासिङटनसँगको जलवायु, सैन्यसम्बन्ध निलम्बन
बेइजिङ । अमेरिकी संसदका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई देखाउँदै जलवायु परिवर्तन, सैन्य सम्बन्ध र लागुऔषध विरोधी प्रयासका विभिन्न विषयमा संयुक्तराज्य अमेरिकासँगको वार्तालाई तत्कालका लागि निलम्बन गरेको चीनले बताएको छ ।
बेइजिङ र वासिङ्टनबीचको सम्बन्धमा तनाव आइरहेका समय यो घोषणा गरेको हो । चीनले सभामुख पेलोसीलाई ताइवानलाई महत्व दिएर ‘एक चीन नीतिविरूद्ध’ भ्रमण नगर्न दिएको सुझाबलाई उल्लंघन गरेमा यसको सशक्त प्रतिकार गर्ने बताएअनुसार अमेरिकासँग माथि उल्लिखित विषयमा गरिरहेको सहकार्यलाई निलम्बन गर्ने बताएको हो । चीनले ताइवानको तट नजिकैको छ क्षेत्रमा बिहीबार चेतावनीस्वरूप सैन्य अभ्यास सुरु गरेको थियो जुन आइतबारसम्म चल्नेछ ।
ताइवानी प्रतिरक्षा अधिकारीहरूले सञ्चार माध्यमलाई बताएअनुसार ताइवानमाथि पनि चिनियाँ क्षेप्यास्त्र प्रहार गरिएको उल्लेख छ । चीनले विदेशी सरकारहरूलाई चीनको अनुमतिबिना स्वतन्त्ररूपमा ताइवानसँग सम्बन्ध नबडाउन आग्रह गर्दै आएको छ । पेलोसी भ्रमणप्रति चीनको प्रतिक्रिया असामान्य देखिएको छ । चीनको परराष्ट्र मन्त्रालयले सैन्य सामुद्रिक सुरक्षाका विषयमा वार्तासँगै अमेरिका र चिनियाँ क्षेत्रीय कमाण्डर र रक्षा विभागप्रमुखबीचको वार्ता रद्द गरिने बताएको छ ।
अवैध आप्रवासीलाई फिर्ता गर्ने, आपराधिक अनुसन्धान, पारराष्ट्रिय अपराध, अवैध लागुऔषध र जलवायु परिवर्तन सम्बन्धमा सहकार्य गर्ने सहमति निलम्बन गरेको चीनको विदेश मन्त्रालयले जनाएको छ । पेलोसीले ‘चीनको बलियो विरोध र गम्भीर प्रतिनिधित्वको उपेक्षामा’ ताइवान भ्रमण गरेकोले यो कार्य गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
चीनले चीनको सार्वभौमिकतामाथि आक्रमण गरेको आरोप बाइडेन प्रशासनलाई लगाएको छ । यद्यपि, पेलोसी अमेरिकी सरकारको सभामुख भएकोले उहाँको भ्रमण रोक्ने कुनै अधिकार चीनलाई थिएन ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया