Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘विदेशबाट आयात गरिएका सामानहरुको खरिदलाई हतोत्साही बनाउन ब्याजदरमा वृद्धि’

‘विदेशबाट आयात गरिएका सामानहरुको खरिदलाई हतोत्साही बनाउन ब्याजदरमा वृद्धि’


काठमाडौं । नेपाल राष्ट्र बैंकका उपनिर्देशक सिद्धराज भट्टले विदेशबाट आयात गरिएका सामानहरुको खरिदलाई हतोत्साही बनाउन राष्ट्र बैंकले ब्याजदरमा वृद्धि गरेको बताएका छन् ।

भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा नेपाल राष्ट बैंकद्वारा जारी आर्थिक वर्ष २०७०/०८० को मौद्रिक नीतिसम्बन्धी सोमबार भक्तपुरमा भएको अन्तत्र्रिmया कार्यक्रममा उपनिर्देशक भट्टले यही कारण मौद्रिक नीतिमा साढे एक प्रतिशत ब्याजदर वृद्धि गरेको उल्लेख गरे ।

बैकको ब्याजदर बढेपछि उपभोक्तामा क्रय शक्ति घट्ने र यसबाट विदेशबाट आयात भएका सामानहरु खरिदमा कमी आउने विश्लेषण राष्ट्र बैंकका भएको उनको भनाइ थियो । कार्यक्रममा उनले नेपालको आर्थिक अवस्था श्रीलंकाको जस्तो कमजोर नहुनेमा ढुक्क रहन समेत आग्रह गरे । ‘नेपाल श्रीलंकाजस्तो हुन्छ भन्नु ओभर इष्टमेट (बढ्ता अनुमान) हो’, उनले भने, ‘अहिलेकै अवस्थामा त्यस्तो हुनै सक्दैन ।

श्रीलंकामा क्यान्सर नै भएको थियो तर नेपालमा रुघाखोकी मात्रै लागेको हो ।’ कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले व्यापार घाटा हुन नदिन निर्यातलाई न्यूनीकरण गर्नुपर्ने खाँंचो औँल्याए । साथै आयातलाई बढाउनुपर्ने तथा व्यापार व्यवसायमा समस्या भएकोले बैंकले व्यापारीहरुमाथि मानवीय भावना राख्नुपर्ने बताए । संघका उपाध्यक्ष एवं कार्यक्रम संयोजक कृष्णमुरारी न्यौपानेले मौद्रिक नीतिबारे जानकारी दिन कार्यक्रम आयोजना गरेको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमति प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, भक्तपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँं धोवञ्जा, महासचिव दिनेश गोसाईलगायतले मौद्रित नीतिका विविध विषयमा चर्चा गरेका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया