गहुँ आयातमा लगाइएको अतिरिक्त शुल्क हटाउने तयारीमा भारत
नयाँ दिल्ली । भारतले गहुँ आयातमा लगाएको अतिरिक्त शुल्क हटाउने तयारी गरेको छ । रोयटर्सका अनुसार देशभित्रको बढ्दो मूल्यवृद्धि रोक्न हाल लगाइएको ४० प्रतिशत शुल्क हटाउने तयारी गरिएको हो ।
भारत विश्वको दोस्रो ठूलो गहुँ उत्पादक हो । मे महिनामा भारतले गहुँ निर्यातमा रोक लगाएको थियो । तातो हावाले बालीमा असर गरेको भन्दै भारतले गहुँ निर्यात रोक्नुपरेको दाबी गरेको थियो । तर निर्यात रोके पनि स्वदेशमा गहुँको मूल्य घटेन बरु कीर्तिमानी रुपमा बढ्यो । यद्यपि अन्तर्राष्ट्रिय बजारमा त्योभन्दा बढी मूल्य हुनपुगेको थियो । यसले बाहिरबाट व्यापारीहरुलाई गहुँ आयात गर्न समेत समस्या परेको थियो ।
यदि सरकारले अतिरिक्त शुल्क हटाएमा र अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेमा आउँदै गरेको चाडपर्वको याममा गहुँ आयात गर्न सकिने व्यापारीहरुले बताएका छन् । हिन्दूबहुल देश भारतमा चाडपर्वका बेला यसको माग उच्च हुने गर्छ । सरकारका एक वरिष्ठ अधिकारीका अनुसार मूल्य घटाउन सरकार लागिपरेको छ । उनीहरुले औद्योगिक क्षेत्रका व्यक्तिहरुसँग समेत यसबारे छलफल गरेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया