स्वतन्त्र व्यापार सम्झौताका लागि भारत र बेलायतबीच पाँचौँ चरणको वार्ता
नयाँ दिल्ली । भारत र बेलायतले गत महिना भारत–बेलायत स्वतन्त्र व्यापार सम्झौताका लागि पाँचौं चरणको वार्ता सम्पन्न गरेको छ । वाणिज्य र उद्योग मन्त्रालयले बिहीबार सो बारे जानकारी दिंदै हाइब्रिड शैलीमा प्राविधिक वार्ताहरू सम्पन्न गरेको बताएको छ । भारतको नयाँ दिल्लीमा केही वार्ताकारहरू प्रत्यक्ष र अधिकांश वार्ताकारहरू भर्चुअल रूपमा वार्तामा सहभागी भएका थिए ।
यस चरणको वार्ताका लागि दुवै पक्षबाट जम्मा ८५ सत्रमा विभिन्न १५ क्षेत्रमा छलफल भएको थियो । भारतीय र बेलायती अधिकारीहरूले सन् २०२२ अक्टोबरको अन्त्यसम्ममा व्यापक र सन्तुलित स्वतन्त्र व्यापार सम्झौतालाई निष्कर्षमा पुर्याधउने लक्ष्य तय गरेका छन् ।
भारत र बेलायतले यस वर्ष जनवरीमा स्वतन्त्र व्यापार सम्झौताका निम्ति वार्ता सुरु गरेका थिए। दुवै देशले द्वीपक्षीय व्यवसायहरूलाई फाइदा पुग्ने गरी सम्झौता गर्न खोजिरहेका छन् । गत महिना वाणिज्य सचिव बीभीआर सुब्रह्मण्यमले भारत र बेलायत बीचको स्वतन्त्र व्यापार सम्झौता (एफटीए) वार्ता अगस्टको अन्त्यमा पूरा हुने सम्भावना रहेको बताएका थिए ।
बेलायतसँग दुईवटा एमओयु र फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेपछि सञ्चारमाध्यमसँग कुरा गर्दै सुब्रह्मण्यमले भारत–बेलायत एफटीए वार्ता अगस्ट ३१ सम्ममा टुङ्गिने र दुवै पक्षको आन्तरिक स्वीकृतिपछि सम्झौतामा हस्ताक्षर गर्न तयार हुने बताएका थिए । प्रस्तावित एफटीएमा बेलायतमा सरकार परिवर्तनको प्रभावको बारेमा सुब्रह्मण्यमले बेलायतमा सत्तामा जुनसुकै दल आए पनि भारतसँगको एफटीए परिवर्तन नहुने बताएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया