नेसनल माइक्रोफाइनान्सको नाफा ४० करोड १५ लाख
काठमाडौं । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा ४० करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थालको यस्तो मुनाफा ३१ करोड ५८ लाख ४१ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ५८ करोड ६६ लाख ७५ हजार रुपैयाँ रहेको संस्थाले आव २०७८–०७९ मा तीन अर्र्ब १२ करोड ७८ लाख ४६ हजार रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ७२ करोड ९६ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ८० करोड तीन लाख ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्र्रोभिजन रकम एक करोड ६८ लाख ८९ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दु्ई दशमलव ४५ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले दुई अर्ब ५९ करोड ११ लाख ३५ हजार रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब २६ करोड १२ लाख १३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ६२ करोड ७० लाख ९१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम छ करोड २५ लाख ५९ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ९४ प्रतिशत रहेको ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया