बेइजिङ । चीन सरकारले अनुगमन गरेका अधिकांश पुँजीगत वस्तुमा यस वर्षको जुलाईको अन्त्यको तुलनामा अगस्टमा उच्च मूल्यवृद्धि भएको सरकारी तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांक विभागका अनुसार सरकारले अनुगमन गरेका ५० प्रमुख वस्तुमध्ये २७ वटाको मूल्य वृद्धि भएको छ भने २० वटामा कम मूल्य मापन गरिएको छ ।
अनुगमन गरिएका वस्तुहरूमध्ये, खाना पकाउने प्राकृतिक ग्यासमा जुलाईको अन्त्यदेखि मूल्य ६.७ प्रतिशतले वृद्धि भएको छ, जब कि सल्फ्यूरिक एसिड (९८ प्रतिशत) को मूल्यमा २८.२ प्रतिशतको तीव्र गिरावट देखिएको छ । अगष्टको सुरुमा सुंगुरको मासुको मूल्य १.४ प्रतिशतले बढेर प्रतिकिलो २१.५ युआन (करिब ३.२ अमेरिकी डलर) पुगेको थियो । प्रत्येक १० दिनको अन्तरालमा सार्वजनिक गरिने यो अनुगमन विवरण ३१ प्रान्तीय स्तरका क्षेत्रका करिब दुई हजार थोक बिक्रेता र वितरकको सर्वेक्षणमा आधारित तथ्यांक हो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया