विदेशीका लागि आंशिक रुपमा खुल्यो रुसी विनिमय बजार
मस्को । द मस्को एक्सचेन्ज आंशिक रुपमा विदेशी लगानीकर्ताका लागि खुलेको छ । युक्रेनमाथि एकतर्फी युद्ध थालेयता झण्डै छ महिनापछि सोमबार बजार आंशिक रुपमा खुलेको हो ।
योसँगै रुसको खेमामा रहेका ‘सहयोगी’ देशका लगानीकर्ताका लागि ट्रेड बन्ड खुल्ला भएको रुसले जनाएको छ । आफ्नो अर्थतन्त्रमा प्रतिबन्ध लादेका धेरै देशका लगानीकर्ताका लागि भने बजार नखुलेको बताइएको छ । रुसले गत फेब्रुअरीमा युक्रेनमा युद्ध थालेयता देशबाट मुद्रा विदेशिन प्रतिबन्ध लगाएको थियो । एक वक्तव्यमा मस्को एक्सचेन्जले भनेको छ, ‘हाम्रो बन्ड मार्केट हाम्रो पक्षमा उभिएका देशका लगानीकर्ताका लागि खुल्ला भएको छ । साथै जसको फाइदा रुसी कानुनी संस्था वा व्यक्तिले पाँउँछन् ।’
यी देशमा चीन र टर्की पर्नसक्छन् । किनकि यी देशले रुसविरुद्ध कुनै पनि किसिमको प्रतिबन्ध लगाएका छन् । यसबाहेक एक्सचेन्जले बैंक, ब्रोकर र लगानी व्यवस्थापन कम्पनीहरुले आफ्ना विदेशी ग्राहकलाई विनिमयसँगै रजिष्टर सेवा सुरु गरेको पनि जनाएको छ । २४ फेब्रुअरीमा युक्रेनमा युद्ध थालेको केही घण्टामै सेयर र ऋणपत्रबजार रुसले बन्द गरेको थियो । मार्चमा चरणबद्ध रुपमा रुसी सरकारले जारी गरेका ऋणपत्र सीमित मात्रामा खुल्ला गरिएको थियो ।
बन्ड मार्केट खुले पनि युरोपेली संघका देश, क्यानडा, जापालगायतका देशका लगानीकर्ताका लागि भने खुल्ला भएको छैन । यी सबै देशले रुसमाथि आर्थिक प्रतिबन्ध लगाइरहेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया