हरि गोपाल प्रधान र डा. सरिशा श्रेष्ठ विश्व कीर्तिमान राख्न सफल
काठमाडौं । गीतकार हरि गोपाल प्रधान र डा. सरिशा श्रेष्ठ (मिस अर्थ २०२२)ले सारङ्गकोट, पोखरामा प्याराग्लाइडिङ्ग गरी आफ्नो सांगीतिक एल्बम ‘सरर बग्यो हावा सरर’ विमोचन गरी विश्व कीर्तिमान राखेका छन् ।
आकाशमाथि एक हजार नौ सय मिटरको उचाइमा पोष्टर तथा म्युजिक भिडियो गीतका रचनाकार प्रधान, नायिका डा. श्रेष्ठलगायत गायक निर्णय श्रेष्ठ, गायिका सुवानी मोक्तान, ज्येष्ठ नागरिक अभियन्ता आरति पौडेलले एकैसाथ गत वैशाख २८ गते उक्त एल्बमको विमोचन गरी विश्व कीर्तिमान राख्न सफल भएका थिए ।
वर्ल्ड बुक अफ रेकर्ड्सको तर्फबाट नेपाल च्याप्टरका अध्यक्ष सागर कटवालको उपस्थितिमा उक्त कीर्तिमानको विधिवत् प्रयास सम्पन्न भएको थियो । महाराज कुमार साहिव लक्ष्यराजजी सिंह मेवार, उदयपुर, डा. किरण वेदी (भारतको प्रथम महिला आईपीएस), विलहेम जेज्लर (प्रमुख, वर्ल्ड बुक अफ रेकर्डस्, युरोप), सन्तोष शुक्ला, प्रमुख कार्यकारी अधिकृत, वर्ल्ड बुक अफ रेकर्ड्स, सागर कटवाल, अध्यक्ष, वर्ल्ड बुक अफ रेकर्ड्स, नेपाल च्याप्टरको संयुक्त बाहुलीबाट विश्व कीर्तिमानी वरिष्ठ गीतकार हरि गोपाल प्रधान र नायिका डा. सरिशा श्रेष्ठ (मिस अर्थ २०२२) लाई भारतको इन्दौरस्थित जे डब्लू मेरिएट होटलमा आयोजित समारोहबीच वर्ल्ड बुक अफ रेकर्ड्स, विश्व कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण भएको थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- एनआईसी एसिया बैंकका कर्जावाला ग्राहकलाई ब्याजदरमा छुट
- १२ को परीक्षा दिएका विद्यार्थीलाई ज्योति क्यापिटलको निःशुल्क डिम्याट
- किन अबैध मानिन्छ हुण्डी कारोबारलाई ?
- भारतमा आँधीका कारण १४ जनाको मृत्यु
- विनवार्ड्ससँगको पहिलो अभ्यास खेलमा नेपाल विजयी
- प्रधानमन्त्री र सभामुखबीच संसद्को अवरोध हटाउन छलफल
- तरुण दलको केन्द्रीय समिति बैठकमा हानाहान
- दोलखाको मेलुङमा मलामी बोकेको बोलेरो दुर्घटना हुँदा ११ जना गम्भीर घाइते
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया