मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ उत्कृष्ट मुद्दती योजना’
काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ उत्कृष्ट मुद्दती’ योजना सार्वजनिक गरेको छ । बैंकले निक्षेपकर्तालाई राम्रो ब्याजदर प्रदान गर्नेे र २२ लाख ५० हजार रुपैयाँसम्मको बीमा सुविधा दिनेगरी उक्त योजना सार्वजनिक गरेको हो ।
बैंकका अनुसार यो योजनाअन्तर्गत व्यक्तिगत मुद्दती खातामा न्यूनतम पाँच लाख मौज्दात राखेर मुद्दती खाता खोल्ने ग्राहकले आफ्नो लागि १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा, दुई लाख रुपैयाँको घातक रोग बीमा र ५० हजार रुपैयाँको आवधिक जीवन बीमा साथै खातावालाको परिवारको कुनै एउटा सदस्यको समेत १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पाउन सक्नेछन् ।
यस योजनाअन्तर्गत ग्राहकले एक वर्षदेखि दुई वर्षसम्मको मुद्दती खाता खोल्न सक्नेछन् र जति अवधिको मुद्दती खाता खोल्ने हो त्यती नै समय अवधिको लागि बीमा सुविधा प्राप्त गर्ने बताइएको छ । यो योजनाबाट ग्राहकलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न विकास बैंकको एटीएम कार्डको प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जानकारी पनि दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया