नर्भिकले ३ दिन निःशुल्क केमिकल पिल सञ्चालन गर्ने
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले अनुहारको छालामा देखिने विभिन्न समस्याहरु प्रताडितहरुलाई लक्षित गरी फ्रि केमिकल पिल अभियान सञ्चालन गर्ने भएको छ । अस्पतालको कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरले फ्रि केमिकल पिलको सेवा सञ्चालन गर्नलागेको हो ।
फ्रि केमिकल पिल सेप्टेम्बर ७, १४ र २१ तारिखका दिन सञ्चालन हुने डर्माटोलोजिस्ट डा. सिरपा बज्राचार्यले जानकारी दिइन् । उनका अनुसार अनुहारमा डण्डीफोर, उमेरका कारण देखिने दागहरु, फुस्रो छाला, अनुहारको चाउरीपना, तिलकोठी, पोतो र फुटेको वा खस्रो छालाको समस्या हुनेहरुले निःशुल्क केमिकल पिलमा सहभागी भएर लाभ उठाउन सक्नेछन् । यो अभियानअन्तर्गत अस्पतालले छालाको विशेषज्ञ सेवा तोकिएको दिन निःशुल्क गर्नेछ तर, औषधि भने निःशुल्क हुनेछैन ।
नर्भिकले हालै कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरमा अल्मा कम्पनीबाट उत्पादित डर्मा क्लियर मसिन (लेजर मसिन) भित्र्याएको थियो । यो मसिनको मद्दतबाट छालालाई भित्रैदेखि सफा गर्ने, मोस्चराइजिङ र नरम बनाउने तथा छालाका मृत कोशिकाहरुलाई राम्रोसँग बाहिर निकाल्ने काम गर्न सकिन्छ । अल्मा लेजरको आफ्नै प्रि ट्रिटमेन्ट सोल्युसन पनि रहेको छ, जसले स्किनलाई नरम, मुलायम र हाइड्रेट गराउँछ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- उच्च अदालत पाटन बाहिर कडा सुरक्षा
- सहकारी ठगी प्रकरण : नेपाल विद्यार्थी संघद्वारा प्रदर्शन
- सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढ्यो
- १६ औँ योजना : २३ सय ५१ डलरको प्रतिव्यक्ति आय लक्ष्य
- ख्वप मिनिबस सेवा समितिको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर
- भरतपुरको छ लेन सडक निर्माण अन्तिम चरणमा
- आठवटा ‘डिपट्युवेल’का ‘ट्रान्सफर्मर’ चोरी
- परोपकारका प्रेरणा ट्याक्सी चालक मगरको सम्मान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया