आईएमई दशैँ अफर : दैनिक र साप्ताहिक गरी नौ विजेता छनोट
काठमाडौं । दशैँ, तिहार, छठ र नेपाल संवत्जस्ता चाडपर्वहरूका अवसरमा आईएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी दशैँ अफरअन्तर्गत पहिलो हप्ताका विजेता सार्वजनिक गरेको छ ।
बिहीवार काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभमार्फत सार्वजनिक गरिएको नतिजाअनुसार सेवाग्राहीहरू रोशन शर्मा र अलिसा बराल साप्ताहिक विजेता छनोट भएका छन् । रिया फानान्सियल सर्भिस बेल्जियम र अष्ट्रेलियाबाट पैसा पठाउने विजेताद्वयले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै सेवाग्राहीहरू कृष्णप्रसाद भुषाल, बोमबहादुर थापा मगर, महेन्द्र मल्ल, निर्मल, शीतल कुमार महतो, कृष्ण कुमार कटुवाल र मनोज मेयाङ्बो दैनिक विजेता छनोट भएका हुन् । उनीहरू प्रत्येकले एक/एक सेट सामसुङ मोबाइल उपहारस्वरूप प्राप्त गर्न सक्नेछन् ।
आईएमई दशैँ अफर २०७९
‘आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक थिममा आधारित रही यस पटकको स्किम सञ्चालन हुनेछ । अफरअनुसार विदेशबाट आईएमईमार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरूमध्ये दैनिक एक जनालाई सामसुङ मोबाइल उपहारस्वरूप प्रदान गरिनेछ । साथै, हरेक हप्ता आईएमई–पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने दुई जनालाई जनही २५ हजार रुपैयाँ उपहारस्वरूप प्रदान गरिनेछ । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई १० लाख रुपैयाँ उपहारस्वरूप प्रदान गरिने कम्पनीको भनाइ छ ।
कुल ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने यस अफर ‘आईएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ भन्ने मुख्य थिममा आधारित हुनेछ । उक्त अफर २०७८ साल भदौ १६ गतेदेखि कात्तिक १६ (तदनुसार सेप्टेम्बर १–नेभेम्बर २, २०२२) सम्म कुल नौ हप्ता अर्थात् ६३ दिन कायम हुनेछ । यससम्बन्धी विस्तृत जानकारीका लागि हाम्रा आधिकारिक बेभ पेज, केन्द्रीय कार्यालय, विदेशस्थित हाम्रा सम्पर्क कार्यालयहरू, नेपालका सम्पूर्ण क्षेत्रीय सम्पर्क कार्यालयहरूका अतिरिक्त सम्पूर्ण व्यावसायिक साझेदारसँग उपलब्ध हुनेछ ।
अफरलाई व्यवस्थित ढंगले सञ्चालन गर्नका लागि कम्पनीले सञ्चालन गरेका सेवा र सर्तहरूको अक्षरंश पालन गर्नु/गराउनु पर्नेछ ।अफर अवधिका विजेता सिस्टममा आधारित लक्की ड्रमार्फत सार्वजनिक गरिनेछ भने नतिजा कम्पनीका आधिकारिक सामाजिक सञ्जाल पेजहरू तथा मिडियामार्फत सार्वजनिक गरिनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया