‘हङकङ विश्वकै स्वतन्त्र अर्थतन्त्र भएको क्षेत्र’
हङकङ । फ्रेसर इन्स्टिच्युटले हङकङलाई विश्वकै स्वतन्त्र अर्थतन्त्र भएको क्षेत्रको वरीयतामा पहिलो नम्बरमा राखेको छ । हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले फ्रेसरको उक्त वरीयताको स्वागत गरेको छ ।
आफ्नो विश्व आर्थिक स्वतन्त्रता २०२२ वार्षिक प्रतिवेदनमा उक्त इन्स्टिच्युटले स्वतन्त्र रुपमा अन्तर्राष्ट्रिय व्यापार गर्ने मामिलामा हङकङले पहिलो स्थान पाएको जनाएको छ । वरीयताको लागि पाइने पाँच आधारमा नियमन पनि पर्छ । हङकङ सरकारका प्रवक्ताले व्यावसायिक वातावरण तयार पार्न सरकार लागिरहेको उल्लेख गरेका छन् । सन् १९९६ मा यो रिपोर्ट आउनथालेयता यो स्थान हङकङले मात्रै लिँदै आएको छ । यसले आर्थिक स्वतन्त्रतालाई मुख्य ध्यान दिन्छ । वैयक्तिक रुपमा पनि व्यावसायिक निर्णय आफैँ गर्न सकिने स्वतन्त्रता यहाँ पाइने गरेको छ । १६५ देश र क्षेत्रका संस्था र नीतिगत पक्षको यसले विश्लेषण गर्छ ।
अन्तर्राष्ट्रिय व्यापारका लागि नियमन, स्वतन्त्रताजस्ता सूचक, सरकारको आकार, कानुनी व्यवस्था र सम्पत्ति अधिकार, तथा सरकारी खर्च र कर प्रणालीबारे विविध मूल्यांकनपछि प्रतिवेदन तयार हुने गरेको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया