एनआईसी एसिया क्यापिटलको नयाँ खुलामुखी योजना
काठमाण्डौं,फागुन १६
एनआईसी एसिया क्यापिटलले नेपालमै पहिलो पटक ऋणपत्र उपकरणहरूमा लगानी गर्ने प्रमुख उद्देश्यका साथ एनआईसी एसिया बैंक म्युचुअल फण्डअन्तर्गतको पहिलो खुलामुखी योजना ‘एनआईसी एसिया डाइनामिक डेप्ट फण्ड’ सञ्चालन गर्न नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको छ ।नेपालमा हालसम्म सञ्चालित सामूहिक लगानी कोषहरूको अधिकांश रकम सेयर बजारमा लगानी केन्द्रित गर्ने उद्देश्यका साथ सञ्चालन भएको पाइन्छ । पछिल्लो समयमा ऋणपत्रमा समेत लगानी गर्ने अत्याधिक सम्भावना देखिएको तथा जहाँ लागनी गर्दा जोखिम अत्यन्तै न्यून रहेको हुँदा यो योजना सञ्चालन ल्याउन लागिएको जानकारी क्यापिटलको प्रमुख कार्यकारी अधिकृत रमेन्द रायमाझीले जानकारी गराएका छन् । क्यापिटलले सञ्चालन गर्न लागेको यो योजना नेपालमा सञ्चालित सामूहिक लगानी कोष योजनाहरूमध्ये अत्यन्तै सुरक्षित तथा भिन्न रहेको र धितोपत्र बजारको उतारचढावबाट कम प्रभावित हुने देखिन्छ । यसप्रकारका सामूहिक लगानी योजनाहरूमा लगानी गर्दा लगानीकर्ताहरूलाई कम जोखिम तथा निरन्तररूपमा उचित लाभ लिन सक्ने देखिन्छ ।
साथै बैंक तथा वित्तीय संस्थाहरूले बजारमा ऋणपत्र निष्काशन गरिरहेको तथा निष्काशनको क्रममा रहेको हुँदा यस्ता फण्ड सञ्चालनमा आउँदा समग्र ऋणपत्र बजारको विकास गर्न टेवा पुग्ने देखिन्छ ।हाल एनआईसी एसिया क्यापिटलले दुईवटा बन्दमुखी योजना ‘एनआईसी एसिया ग्रोथ फण्ड’ र ‘एनआईसी एसिया ब्यालेन्सड फण्ड’ सञ्चालन गरिरहेको छ । यसका साथै एनआईसी एसिया क्यापिटल लिमिटेडल सेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, सेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्शलगायतका मर्चेण्ट बैंकिङसम्बन्धी सम्पूर्ण सेवाहरू प्रदान गर्दै आइरहेको छ । एनआईसी एसिया क्यापिटल एक मात्र आइएसओ सर्टिफाइड क्यापिटल हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया