काबुल । अफगानिस्तानको तालिबान सरकारले देशभित्र टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ । तालिबान नेतृत्वको सरकारको टेलिकम्युनिकेसन विभागका उच्च अधिकारीले टिकटकसँगै पब्ग एप्लिकेसन पनि प्रयोगमा प्रतिवन्ध लगाइएको पुष्टि गरेका हुन् ।
मुस्लिम समुदायले अवलम्बन गर्ने सरिया कानुन र सुरक्षा तथा सांस्कृतिक पक्षलाई हेरेर टिकटक प्रतिबन्ध लगाइएको अधिकारीहरुको भनाइ छ । प्रतिबन्ध लगाउने यो निर्णय आगामी कम्तीमा तीन महिना लागू हुने बताइएको छ । अफगानिस्तानमा टिकटक प्रतिवन्ध लगाउने निर्णय यसअघि पनि भएको थियो ।
तालिवान नेतृत्वको सरकारले यसअघि अहिलेसम्म अनैतिक र गलत सन्देश प्रवाह गरेको भन्दै दुई करोड ३० लाख वेबसाइट बन्द गरिदिएको थियो । तालिबान सरकारका सञ्चारमन्त्री नाजिबुल्लाह हक्वानीले भने, ‘हामीले अहिलेसम्म दुई करोड ३० लाख ४० हजार वेभसाईट बन्द गरेका छौँ, एउटा बन्द ग-यो अर्को खुल्छ, यो हाम्रो लागि ठूलो चुनौती भएको छ ।’
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया