ऊर्जा आपूर्तिलाई सुरक्षित गर्न जर्मन चान्सलर स्कोल्ज साउदी अरब जाँदै
बर्लिन । जर्मनीका चान्सलर ओलाफ स्कोल्जले खाडी भ्रमणका क्रममा साउदी अरबको भ्रमण गर्ने र साउदी युवराज मोहम्मद बिन सलमानसँग भेटवार्ता गर्ने भएका छन् । आगामी साता कतार र संयुक्त अरब इमिरेट्स (युएई) को दुई दिने भ्रमणका क्रममा स्कोल्ज युवराजसँग भेट्ने पछिल्लो पश्चिमा नेता हुनुहुनेछ ।
सन् २०१८ मा वासिङ्टन पोस्टका पत्रकार जमाल खशोग्गीको हत्यामा संलग्न भएको आशंकामा बिन सलमानलाई केही समय अघिसम्म पश्चिममा परायाको रुपमा हेरिन्थ्यो । तर युक्रेनमाथिको आक्रमणलाई लिएर बढ्दो तनावबीच रूसले ग्यास आपूर्तिमा कटौती गरेपछि युरोप र उसका सहयोगीहरूले प्राकृतिक इन्धनको नयाँ स्रोतको खोजी गरिरहेका बेला उनीहरूबीच भेटवार्ता हुने भएको हो ।
सरकारी प्रवक्ता स्टेफेन हेबेस्ट्रेइटका अनुसार एक व्यापारिक प्रतिनिधिमण्डलका साथ स्कोल्जले शनिबार साउदी अरेबियाको भ्रमण गर्नेछन् । साउदी अरबमा रहँदा उहाँले युवराज विन सलमानसँग भेट्नेछन् । उनले स्वास्थ्यमा प्रतिकुलता नरहेमा राजा सलमानसँग पनि भेट्नेछन् । उनले स्कोल्जको खाडी भ्रमणको कारणबारे विस्तृत जानकारी नदिए पनि ऊर्जाको विषयमा छलफल नभए आफू ‘निकै आश्चर्यचकित’ हुने बताए ।
प्रवक्ताले खशोग्गीको हत्याको विषयमा छलफल हुने विश्वास पनि व्यक्त गरेका छन् । गत जुलाईमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले पेरिसमा बिन सलमानसँग वार्ता गरेका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनले साउदी अरबको भ्रमण गरेका थिए । आइतबार स्कोल्जले युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल–नाह्यानसँग भेटवार्ता गर्नेछन् । रूसी अर्थमन्त्री रोबर्ट हेबेकले रूसको ऊर्जा आपूर्तिको प्रमुख विकल्पका रुपमा हेरिएको ग्याससँग सम्बन्धित सम्झौतामा स्कोल्जले हस्ताक्षर गर्ने बताएका छन् ।
अपराह्न चान्सलरले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग भेटवार्ता गर्नेछन् । रूसी ग्यासको विकल्प खोज्ने प्रयासमा हेबेकले मार्चमा कतार र संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमण गरिसकेका छन् । आपूर्ति कटौती गर्ने रूसको निर्णयले युरोपमा ऊर्जा संकट निम्त्याएको छ, उपभोक्ता र व्यवसायहरूले जाडो नजिकिदै जाँदा बढ्दो बिलहरूको सामना गरिरहेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया