तीन सन्तानलाई व्यावसायिक जिम्मेवारी दिँदै अम्बानी
भारत । भारतीय चर्चित अर्बपति मुकेश अम्बानीले आफ्ना तीन सन्तानलाई व्यवसाय बाँड्ने भएका छन् । बीबीसीका अनुसार २ खर्ब २० अर्ब डलरको व्यवसाय उनले आकाश, ईशा र अनन्तलाई बाँड्ने तयारी गरेका छन् । यसमा दुई जना आकाश र ईशा अम्बानीले रिलायन्स इन्डस्ट्रि लिमिटेडको दूरसञ्चार र खुद्रा व्यवसाय क्रमशः सम्हाल्नेछन् । कान्छा छोरा अनन्तलाई भने नवीकरणीय ऊर्जा हेर्ने जिम्मेदारी दिने मुकेशको चाहना छ ।
यो कर्पोरेट इन्डियाको नेतृत्व हस्तान्तरणलाई चासोका साथ हेरिएको छ । रिलायन्स बजार मूल्यका हिसाबले भारतकै सबैभन्दा ठूलो मूल्यवान् कम्पनी हो । मुकेशले विवादरहित रहेर व्यवसाय हस्तान्तरण गर्न चाहेका छन् । उनले छोरी ईशालाई दिनलागेको नेतृत्व अम्बानी परिवारको महिलाले अहिलेसम्म पाएकोमध्ये भिन्न हुनेछ । बितेको दशकमा भारतीय व्यावसायिक घरानाभित्र महिलाहरुलाई मुख्य जिम्मेवारी कमै मात्र दिइएको छ ।
अम्बानी अहिले ६५ वर्षका छन् । उनी रिलायन्सका प्रमुख र प्रबन्धनिर्देशक छन् । उनले आफ्ना सबै सन्तान समान रहेको बताउँदै सोहीअनुसार व्यवसाय बाँडफाँट गर्ने बताइसकेका छन् । सोहीअनुसार उनकी छोरी ईशाले पाउनलागेको जिम्मेवारीलाई हेरिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया