चीनका पूर्वन्यायमन्त्री भ्रष्टाचार आरोपमा जेलमा
बेइजिङ । चीनका एक जना पूर्वमन्त्री भ्रष्टाचार आरोपमा जेल परेका छन् । बीबीसीका अनुसार धेरै भ्रष्टाचारविरोधी अभियानमा सामेल भएका पूर्वन्यायमन्त्री फु झेन्झुआ घुस लिएको आरोपमा जेल परेका हुन् ।
फुले जुलाईमा आफ्नो गल्ती स्वीकारेका थिए । उनले ११ करोड ७० लाख युआनबराबरको उपहार र पैसा लिएको बताएका हुन् । बिहीबार चांग्चुनको एक अदालतले उनलाई दुई वर्षअघि पाएको मृत्युदण्डको सजायलाई आजीवन कैदमा बदल्ने आदेश गरेको बताइएको छ ।
शासन सम्हालिरहेको कम्युनिस्ट पार्टीले अर्को महिना सम्मेलन गर्नुअघि सरकारी अधिकारीहरुविरुद्ध कारबाही अगाडि बढाइरहेको छ । उक्त पार्टीले हरेक पाँच वर्षमा सम्मेलन आयोजना गर्छ । यो सम्मेलनमा राष्ट्रपति सी चिनफिङलाई ऐतिहासिक तेस्रो कार्यकाल दिने र शक्तिसम्पन्न बनाउने अपेक्षा गरिएको छ ।
फुको बिहीबारको जेल जाने फैसला यही हप्ता तीन अन्य पूर्वप्रान्तीय प्रहरी प्रमुखलाई सँगै आएको छ । सबै चार जनाविरुद्ध भ्रष्टाचारसँगै वर्तमान राष्ट्रपति सीप्रति आज्ञाकारी नभएको अभियोग पनि लगाइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया