Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनमा १७३ प्रकारका खनिज पदार्थ उत्खनन

चीनमा १७३ प्रकारका खनिज पदार्थ उत्खनन


बेइजिङ । चीनमा एक सय ७३ प्रकारका खनिज पदार्थहरूको उत्खनन भइसकेको पाइएको छ । सिन्ह्वाका अनुसार प्राकृतिक स्रोत मन्त्रालयले सन् २०२१ को अन्त्यसम्ममा ती खनिज पदार्थको उत्खनन गरिएको जानकारी दिएको हो ।

उत्खनन गरिएकामध्ये १३ प्रकारका खनिज पदार्थ ऊर्जासम्बन्धी खनिज पदार्थ रहेको मन्त्रालयले जनाएको छ । त्यसैगरी ५९ प्रकारका खनिज पदार्थ धातुसम्बन्धी, ९५ प्रकारका खनिज पदार्थ गैरधातु र छ प्रकारका खनिज पदार्थ पानी तथा ग्याससम्बन्धी खनिज पदार्थ रहेको जनाइएको छ ।

उत्खनन गरिएका खनिज पदार्थको निष्काशन तथा प्रशोधनका लागि तिव्र रुपमा काम भइरहेको पनि अधिकारीहरूले जनाएका छन् । चीनले खनिज पदार्थहरूको उत्खनन, निस्कासन, प्रशोधन र बिक्री वितरणलाई उच्च प्राथमिकता दिँदै आएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया