बंगलादेशमा डुंगा डुब्दा मृत्यु हुनेको संख्या ३२ पुग्यो
ढाका । बंगलादेशको उत्तरी क्षेत्रमा आइतबार डुंगा डुब्दा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । डुंगा दुर्घटनामा ३० देखि ४० जना अझै बेपत्ता रहेको एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् ।
प्रहरी निरिक्षक सिराजुल हुडाका अनुसार राजधानी ढाकाबाट ४६८ किलोमिटर टाढा बंगलादेशको उत्तरी पञ्चगढ जिल्लाको कराटोया नदीमा सोमबार थप सात जनाको शव फेला परेको छ । अधिकारीका अनुसार करिब १०० जना यात्रु बोकेको डुंगा आइतबार दिउँसो डुबेको थियो ।
सोमबार दिउँसो सिन्ह्वासँग फोनमार्फत जानकारी दिँदै प्रहरी अधिकारीले भने, ‘सोमबार बिहान थप सात जनाको शव फेला परेको छ । यससँगै आइतबार २५ जनाको मृत्यु भएकोमा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । अझै हराइरहेका ३० देखि ४० जनाको खोजी कार्य जारी छ’, उनले भने ।
डुंगालाई तानेर किनारमा लगिएको छ । ती प्रहरी अधिकारीका अनुसार उद्धारकर्ताहरूले नदीको पानीको वहाव र पानीको कडा बहाववीच उद्धार कार्य जारी राखिरहेका छन् । प्रहरीका अनुसार डुंगामा क्षमताचन्दा अत्यधिक भार भएका कारण डुबेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
सयौँ नदीले घेरिएको बंगलादेशमा डुंगा दुर्घटनालाई सामान्य घटनाका रूपमा लिने गरिन्छ । यद्यपि, अझै पनि दक्षिण एसियाली यस मुलुकमा डुंगा यातायातको एक प्रमुख साधन हो र तिनीहरूमध्ये अधिकांश प्रायः अत्यधिक भारसहित चलाइने गरिन्छ । रासस/सिन्ह्वा
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया