काठमाडौं । काठमाडौं क्षेत्र नं ७ मा नेपाली कांग्रेसका पुराना नेता एवं पर्यटन व्यवसायी विनोद पन्तको पक्षमा माहोल बन्दै गएको छ । पन्त नेपाली कांग्रेस काठमाडौंका पुराना नेता हुन् । उनी कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहको नेतृत्वको जिल्ला कार्यसमितिका सदस्य रहेका थिए । २०५३ सालमा सिंह जिल्ला सभापति थिए ।
त्यसपछि निरन्तर महासमिति एवं महाधिवेशन प्रतिनिधि रहेका पन्त नेपाल तरुण दलको केन्द्रीय सदस्य रहेका थिए । कामनपा १६ कालधाराका स्थायी बासिन्दा पन्त जिल्ला सदस्य हुनुअघि १६ नम्बर वडाको इकाइ सचिव र सभापति रहेका थिए । आसन्न आम निर्वाचनका लागि नेपाली कांग्रेसले ७ नम्बर क्षेत्रबाट पन्तको नाम पहिलो नम्बरमा सिफारिस गरेपछि त्यस क्षेत्रका कार्यकर्ता र मतदातामा नयाँ उत्साह पलाएको छ ।
त्यस क्षेत्रमा मतदातामा पुख्र्यौली नाता गाँसिएका पन्तका पिता यादव प्रसाद पन्त २०१५ सालको आम निर्वाचनपछि वीपी कोइरालाको नेतृत्वको सरकारका विश्वासिला अधिकृत रहेका थिए । त्यही कारण २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र खोसेपछि उनलाई निजामति सेवाबाट बर्खास्त गरेका थिए । अमेरिकाबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका पन्तलाई राजा महेन्द्रको सरकारले बर्खास्त गरेपछि उनले विकास साप्ताहिक प्रकाशन गरेर प्रजातन्त्रको पक्षमा जनमत सिर्जना गर्ने काम गरेका थिए ।
त्यही क्रममा २०४२ सालमा उनको निधन भएपछि छोरा विनोद पन्तले बाबुको बिँडो थामेर त्यसलाई निरन्तरता दिएका थिए । उनै पन्तलाई कांगे्रसले टिकटका लागि सिफारिस गरेपछि आगन्तुक दाबेदारहरुको तुलनामा उनी निकै अगाडि देखिएका छन् । साथै उनी नेपाल युवक माविका अध्यक्ष रहेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया