बिजी मलको दशैँतिहार लक्षित उपहार योजना
काठमाडौं । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा रहेको बिजी मलले दशैँतिहार लक्षित उपहार योजना सुरु गरेको छ । ‘यामाहा फ्यान्टास्टिक दशैँ तिहार, हरेक हप्ता उपहारै उपहार’ योजनाबाट ग्राहकले विभिन्न आकर्षक उपहार पाउने मलले जनाएको छ ।
चाडपर्वका बेला अधिकांशले सपिङ गर्ने भएकाले कुनै न कुनै उपहारसहित सामान उपलब्ध गराउन उपहार योजना सुरु गरिएको मलका निर्देशक राजु गिरीले बताए । उपहार योजनामा सहभागी हुन ग्राहकले बिजी मलमा रहेका कुनै पसल वा बसिल क्याफेमा कम्तीमा एक हजार रुपैयाँको सामान खरिद गर्नुपर्नेछ ।
सामान खरिद गरेपछि ग्राहकले पाउने उपहार कुपनका आधारमा साप्ताहिक तथा बम्पर उपहारको घोषणा प्रदान गरिने गिरीले जानकारी दिए । बम्पर उपहारमा गोलाप्रथाबाट एक जनालाई यामाहाको १२५ सीसीको रेजर स्कुटर प्रदान गरिने मेला संयोजक हिरामणि तिमिल्सिनाले जानकारी दिए । यस्तै साप्ताहिक उपहारमा डीटीएच होम एप्लायन्सका वासिङ मेसिन, ग्यास एण्ड इलेक्ट्रिक हिटर, इलेक्ट्रिक ओभन, फ्रिज, राइस कुकरलगायतका सामानहरु उपहारको रुपमा पाउन सक्नेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया