नबिल र म्याक्स हेल्थ केयर इन्डियाबीच सम्झौता, १२ प्रतिशत छुट पाउने
काठमाडौं । नबिल बैंक र म्याक्स हेल्थ केयर इन्डियाबीच सम्झौता भएको छ । नबिल बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्डहोल्डरले उक्त हेल्थ केयरमा उपचार गराउँदा १२ प्रतिशत छुट पाउने गरी सम्झौता भएको हो । नबिलका ग्राहकहरूले ओपीडी र आईपीडी सेवा लिँदा यो सुविधा पाउने भएको हो ।
नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुगांना र म्याक्स हेल्थ केयरको तर्फबाट अनस अब्दुल वाजिद, वरिष्ठ निर्देशक–मुख्य बिक्री र मार्केटिङ अधिकृतले संयुक्तरूपमा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यस सम्झौतासँगै बैंकका ग्राहकहरू तथा कर्मचारीहरूलाई अस्पतालका विभिन्न सेवा तथा सुविधाहरूमा छुट पाउने भएकोे हो ।
कार्यक्रममा नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाले यो सम्झौताले नबिल बैंकका ग्राहकहरू लाभान्वित हुने बताए । त्यस्तै गरी छुटलाई वृद्धि गर्न प्रयास गर्ने जानकारी दिए । कार्यक्रममा बोल्दै वाजिदले म्याक्स हेल्थ केयरको भारतमा रहेको १७ वटा सेवाप्रदायक शाखाहरूबाट जटिल रोगहरू जस्तैः मृगौला, लिभर, बोन म्यारोको प्रत्यारोपन, मुटुको शल्यक्रिया सफलतापूर्वक गरेको बताउँदै नेपाली जनताहरूले पाउने सेवामा ढुक्क हुन आग्रह गरे । अस्पतालको सेवा लिन कुनै पनि झन्झट नहुने बताउँदै बिरामीहरूलाई गुणस्तरीय सेवा प्र्रदान गर्नेमा उनले सधैँ तत्पर रहने जनाए ।
नबिलले उक्त कार्यक्रममा ‘दक्षिण एसियामा उदयमान स्वास्थ्य समस्याहरू’ विषयक छलफल गराएको थियो । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक र क्लिनिकल रिसर्च युनिट प्रमुख डा. शेरबहादुर पुन र डा. सन्दीप बुिद्धराजा, वरिष्ठ चिकित्सक–इन्स्टिच्युट अफ इन्टरनल मेडिसिन, म्याक्स हेल्थ केयर इन्डियाले प्यानलमा बोल्दै दक्षिण एसियाको स्वास्थ्यको अवस्थामा सुधार गर्न मानिसहरू सजग रहनु जरुरी रहेको बताए ।
बढ्दो सहरीकरण, स्वास्थ्यमा जागरूकताको कमी, स्वास्थ्य शिक्षामा फितलो अभ्यास, रोग तथा स्वास्थ्यप्रतिको मनोवृत्तिले लोप भइसकेका रोगहरू पुनः महामारीको रूपमा फैलिनुको कारण रहेको डा. पुनले जानकारी दिए । सर्ने र नसर्ने दुवै रोगहरूको उत्तिकै जोखिम रहेको बताउँदै सजग भई खानपान र रहनसहनमा ध्यान दिन डा. बुद्धिराजाले सुझाव दिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया