सिभिल बैंकको १०२औँ एटीएम चितवनको सौराहामा
काठमाडौं । सिभिल बैंकले चितवनको सौराहा चोकमा आफ्नो १०२औँ एटीएम सञ्चालनमा ल्याएको छ । उक्त एटीएमको उद्घाटन रत्ननगर नगरपालिका वडा नं ६ का अध्यक्ष किरण महतो र होटेल व्यसायी संघ सौराहाका अध्यक्ष दीपक प्रसाद भट्टराईले संयुक्त रुपमा गरेका हुन् ।
उक्त एटीएमको उद्घाटन समारोहमा प्रमुख अतिथि रत्ननगर नगरपालिकाका वडा नं. ६का अध्यक्ष किरण महतो र होटेल व्यसायी संघ सौराहाका अध्यक्ष दीपक प्रसाद भट्टराईलगायत सो क्षेत्रका उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्तिहरु तथा सर्वसाधारणको उपस्थिति थियो । अब त्यस क्षेत्रका सेवाग्राहीहरुले बैंकको उक्त एटीएममार्फत आफूलाई आवश्यक पैसा सहज तरिकाले झिक्न सक्नेछन् ।
करिब आठ लाख ग्राहकहरुलाई एक सय १५ वटा शाखाहरु र १३ एक्सटेन्सन काउन्टरहरुमार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म यस एटीएमसहित देशका विभिन्न एक सय दुईवटा ठाउँहरुमा एटीएम स्थापित गरी सञ्चालन ल्याएको छ । साथै बैंकले गत असार मसान्तसम्म ९६ अर्ब रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- प्रमुख आयुक्तद्वारा राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश
- जापानमा ९० लाख घर खाली
- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा गिरावट
- एसिया प्रशान्त क्षेत्रमा डिजिटल रूपान्तरणको अवसर खोजिने
- नागरिक लगानी कोषले सुपर खुदीको सेयर प्रत्याभूति गर्ने
- श्रमिक दिवसमा श्रमिक महिला रक्षा संघको र्याली
- बागलुङको सय वर्ष पुरानो तामाखानी अध्ययनको अनुमति
- तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया