तीनवटा कम्पनीद्वारा साधारण सेयर निष्काशनको लागि अनुमति माग
काठमाडौं । साधारण सेयर (आईपीओ) निष्काशनको लागि अनुमति माग गर्दै तीनवटा कम्पनीहरूले नेपाल धितोपत्र बोर्डसमक्ष आवेदन दिएका छन् । बोर्डका अनुसार पछिल्लो पटक मोदी इनर्जी लिमिटेड, सोनापुर मिनिरल्स एन्ड आयल लिमिटेड र मेन्छीयाम हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशनको लागि अनुमति माग गर्दै आवेदन दिएका हुन ।
जसमध्ये मोदी इनर्जीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ७२ करोड ५० करोड रुपैयाँबराबरको ७२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति माग गरेको छ । बोर्डका अनुसार उक्त कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
यसैगरी सोनापुर मिनिरल्स एन्ड आयल लिमिटेडले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी एक अर्ब २३ करोड रुपैयाँबराबरको एक करोड २३ लाख कित्ता साधारण सेयर निष्काशनको लागि अनुमति माग गर्दै बोर्डका आवेदन दिएको छ । उक्त कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।
बोर्डका अनुसार मेन्छीयाम हाइड्रोपावर कम्पनीले पनि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १६ करोड २७ लाख ७५ हजार रुपैयाँबराबरको १६ लाख २७ हजार सात सय ५० कित्ता सेयर निष्काशनको लागि बोर्डसमक्ष आवेदन दिएको छ । बोर्डका अनुसार उक्त कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया