काठमाडौं । कुमारी बैंकले लाभांश घोषणा गरेको छ । नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी) सँग मर्जरको तयारीमा रहेको कुमारीले आफ्ना सेयरधनीहरूलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बैंकले घोषणा गरेको यो लाभांश अघिल्लो आवको तुलनामा बढी हो । अघिल्लो आवमा कुमारीले आठ दशममलव ६७ प्रतिशत बोनस सेयर दिएको थियो । बैंकले बोनस सेयर नदिने भएको छ । बैंकले हाल कायम रहेको चुक्ता पुँजी १४ अर्ब ७१ करोड रुपैयाँमध्येबाट १२ प्रतिशतका दरले हुने आउने एक अर्ब ८३ करोड रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको पछिल्लो निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी बार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । बैंकले आर्थिक वर्ष २०७८–०७९ मा दुई अर्ब ८३ करोड ५२ लाख ३४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने बैंकको यस्तो नाफा एक अर्ब ९७ करोड सात लाख ३० हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ रहेको बैंकले आव २०७८–०७९ मा एक खर्ब ७६ अर्ब ७६ करोड ७६ लाख ६५ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५३ अर्ब ३६ करोड ९८ लाख १२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ अर्ब ३८ करोड सात लाख २४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ३६ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ७७ करोड ३९ लाख १७ हजार रुपैयाँ रहेको थियो ।
अघिल्लो आवमा भने बैंकले एक खर्ब ४५ अर्ब ८३ करोड ८२ लाख ३१ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३७ अर्ब ८९ करोड ७९ लाख २५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच अर्ब सात करोड ७५ लाख १३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव १३ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
- १९ सय ९८ बिन्दुमा खुम्चियो सेयर बजार
- आइजिपी कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुखबीच शिष्टाचार भेटघाट
- अनुदानमा उन्नत जातका भैँसी वितरण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया