श्रृजनशील लघुवित्तको खुद मुनाफामा कमी
काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको खुद मुनाफामा सामान्यरूपमा कमी आएको छ । संस्थाले आर्थिक बर्ष २०७८–०७९ मा चार करोड २९ लाख ७५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा भने संस्थाले छ करोड ५७ लाख ३९ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी सात करोड रुपैयाँ रहेको संस्थाले आव २०७८–०७९ मा ८२ करोड ४५ लाख ३५ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब २८ करोड ८२ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १५ करोड ५२ लाख १७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको, प्रोभिजा रकम दुई करोड २६ लाख ४४ हजार रुपैयाँ रहेको छ भने निष्त्रिय कर्जाको अनुपात दुई दशमलव ११ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले ६१ करोड ८९ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ८२ करोड ४९ लाख ६४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १४ करोड ९५ लाख २६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा प्रोभिजन रकम एक करोड ६३ लाख ४४ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव १६ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
- जापानी विदेशमन्त्री योको कामिकावाको भ्रमण कोशेढुंगा बनोस्
- किन लाग्छ गभर्नरमाथि पुँजीबजार विरोधीको आरोप ?
- योजनाका लक्ष्य भेट्न धरातल बनाऔँ
- दि नेपाल डिस्टिलरिजले उखु खेती र कृषिको बृहत्तर विकासका लागि सहकार्य गर्ने
- लसुन खेतीबाट राम्रो आम्दानी
- सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री
- ‘अर्थतन्त्रमा देखिएको शिथिलताले निजी क्षेत्रको सम्पति ५० प्रतिशतसम्म ऋणात्मक’
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया