नयाँ दिल्ली । भारतबाट यात्रु बोक्ने गाडीको निर्यात बढेको छ । चालू आर्थिक वर्षको जुलाई–सेप्टेम्बर त्रैमासिकमा दुई प्रतिशतले बढेर एक लाख ६० हजार पाँच सय ९० एकाइ पुगेको हो ।
गाडी निर्माताहरुको संगठन सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (सियाम)को तथ्यांकले यस्तो देखाएको हो । यात्रु बोक्ने गाडीको निर्यात अघिल्लो वर्षको सोही अवधिमा एक लाख ५७ हजार पाँच सय ५१ रहेको थियो । तथ्यांकअनुसार बितेको त्रैमासिकमा मारुती सुजुकी इन्डिया (एमएसआई) १.३१ लाख बढी गाडी निर्यातसँगै सबैभन्दा अगाडि रहनपुगेको छ ।
तर समीक्षा अवधिमा यात्रु कारको निर्यातमा पाँच प्रतिशत गिरावट देखिएको छ । युटिलिटी गाडी निर्यात १६ प्रतिशतले बढेर ६३ हजार १६ एकाइ पुगेको छ । तर भ्यानको निर्यात घटेर दुई सय ७४ एकाइमा थामिएको छ । यो अवधिमा मारुती सुजुकी यो श्रेणीमा अगाडि रहेको छ । यसपछि दोस्रो र तेस्रो स्थानमा क्रमशः मोटर इन्डिया (एचएमआई) र किया इन्डिया रहेको छ ।
भारतको सबैभन्दा ठूलो कार कम्पनी एमएसआईले यो अवधिमा एक लाख ३१ हजार ७० यात्रु गाडीको निर्यात गरेको छ । कम्पनीले एक वर्षअघि सोही अवधिमा एक लाख तीन हजार छ सय २२ एकाइ गाडी निर्यात गरेको थियो । एचएमआईको बितेको त्रैमासिको निर्यात ११ प्रतिशतले बढेर ७४ हजार ७२ एकाइ रहेको छ । एक वर्षअघि यो संख्या ६६ हजार नौ सय ९४ एकाइ थियो. । सोहीअनुसार किया इन्डियाले समीक्षा अवधिमा विश्व बजारमा ४४ हजार पाँच सय ६४ एकाइको निर्यात गरेको थियो । पछिल्लो वर्षको समान अवधिमा उसले २३ हजार दुई सय १३ एकाइ गाडी निर्यात गरेको थियो ।
यता निसान मोटर इन्डियाले २५ हजार आठ सय एकाइ र रेनोले १८ हजार छ सय १४ एकाइ निर्यात गरेको छ । त्यस्तै होन्डा कार्स इन्डियाको निर्यात १३ हजार तीन सय २६ एकाइ रहेको छ । यसबाहेक फक्सवागन इन्डियाले जुलाई–सेप्टेम्बर अवधिमा नौ हजार छ सय ४१ एकाइको निर्यात गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया