नयाँ दिल्ली । दुईपांग्रे सवारीसाधन बिक्रीमा ओला इलेक्ट्रिकले चर्चित कम्पनीलाई उछिनेको छ । भारतमा उक्त कम्पनीले चर्चित कम्पनीहरु बजाज अटो, टीभीएसलगायतलाई पछि पारेको हो । अक्टोबरमा भारतमा ६८ हजार तीन सय २४ वटा दुई पांग्रे सवारीसाधन बिक्री भएको तथ्यांकले देखाएको छ ।
उक्त महिनामा ओलाले १५ हजार ९५ वटा सवारीसाधन बिक्री गरेर पहिलो स्थानमा परेको हो । कम्पनीले सेप्टेम्बरमा ९ हजार ८७५ वटा दुईपांग्रे बिक्री गरेको थियो । बिजनेस स्ट्यान्डर्डको रिपोर्टअनुसार सेप्टेम्बरको तुलनामा अक्टोबरमा धेरै दुईपांग्रे बिक्री भएका छन् ।
यसअनुसार बजाज अटोले अक्टोबरमा तीन हजार दुई सय ६५ वटा बिक्री गरेको छ । कम्पनीले सेप्टेम्बरमा दुई हजार छ सय एक वटा सवारीसाधन बिक्री गरेको थियो । त्यस्तै टीभीएसले अक्टोबरमा तीन हजार नौ सय ८७ वटा र सेप्टेम्बरमा दुई हजार छ सय एक वटा दुईपांग्रे बिक्री गरेको छ ।
यता हिरो इलेक्ट्रिकले अक्टोबरमा आठ हजार ३४ वटा र सेप्टेम्बरमा आठ हजार एक सय ९९ वटा, ओकिनावाले अक्टोबरमा ११ हजार सात सय ५४ र सेप्टेम्बरमा आठ हजार चार सय ९४ वटा दुईपांग्रे बिक्री गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पाेखराको बिजुली पसलमा आगलागी, सवा करोडको क्षति
- सूचना प्रविधिको विकासमा क्रियाशील व्यक्ति तथा संस्था पुरस्कृत
- प्रमुख आयुक्तद्वारा राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश
- जापानमा ९० लाख घर खाली
- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा गिरावट
- एसिया प्रशान्त क्षेत्रमा डिजिटल रूपान्तरणको अवसर खोजिने
- नागरिक लगानी कोषले सुपर खुदीको सेयर प्रत्याभूति गर्ने
- श्रमिक दिवसमा श्रमिक महिला रक्षा संघको र्याली
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया