काठमाडौं । बीएण्डबी हस्पिटल स्थापना भएको २५ वर्ष पूरा भएको छ । यो अस्पताल डा. जगदीश लाल वैद्य र डा. अशोक कुमार बास्कोटा मिलेर स्थापना गरेका हुन् ।
हाल सञ्चालनमा नरहेको शान्त भवन अस्पतालबाट वर्षौँदेखि झाँगिएको दुई व्यक्तिको मित्रता ७० शय्याको काठमाडौं नर्सिङ्ग होममा गरिएको १६ वर्षभन्दा बढीको सहकार्यबाट उक्त अस्पतालको स्थापना भएको थियो । डा. जगदीशलाल वैद्यले २० वर्षभन्दा बढी समय शल्यक्रिया प्रमुखको रुपमा काम गरेको नयाँ पाटन अस्पतालको शल्य चिकित्सा सेवाहरुको स्तर एक नयाँ उचाइमा पुगेको थियो । यसैगरी डा. अशोक कुमार बास्कोटाले सन् १९८५ मा एचआरडीसीको (बाल अस्पताल) स्थापना नहुँदासम्म आनन्दवन कुष्ठरोग अस्पताल र शिर मेमोरियल अस्पतालमा कयौं वर्षसम्म स्वयम्सेवकको रुपमा काम गरेर आफ्नो विशेषज्ञताको पूर्ण रुपमा उपयोग गरेका थिए । एचआरडीसीको स्थापनापश्चात् नेपालमा विपन्न बालबालिकाको व्यापक उपचार सेवा सुरु भएको थियो ।
अढाई दशकभन्दा बढी समयदेखि चिकित्सा क्षेत्रमा काम गरेपछि यी दुई डाक्टर मिलेर बीएण्डबी हस्पिटलको स्थापना गरेका थिए । बीएण्डबी हस्पिटल अब एक बहुविशेषताले भरिएको ऊर्जाशील अस्पताल बनेको छ, जहाँ विभिन्न प्रकारका उपचार सेवाहरु उपलब्ध छन् । स्तरोन्नति गरिएको पूर्वाधारसहितको अस्पतालको एक नयाँ खण्ड अब आमनागरिकलाई अझ उत्कृष्ट सेवा प्रदान गर्न तम्तयार गरिएको अस्पतालले जनाएको छ । विभिन्न प्रकारका मेडिकल एवं सर्जिकल विषयहरुमा डाक्टरहरुको स्नातकोत्तर प्रशिक्षणले निरन्तरता पाइरहेको छ । बीएण्डबी हस्पिटलका विशेषज्ञ डाक्टरहरुले बनेपास्थित एचआरडीसी (बाल अस्पताल)मा आवश्यकताअनुसारका विभिन्न विशेषज्ञ सेवाहरु प्रदान गर्दै आइरहेका छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया