एनआईसी एसिया क्यापिटलमा नौ सय ९९ सय रूपैयाँमा लाइफटाइम डिम्याट खाता
काठमाडौं । एनआईसी एसिया क्यापिटलले न्यून शुल्कमा आफ्नो ग्राहकहरूलाई उच्च कोटिको सेवा सुविधा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ ‘पे वन टाइम फर्गेट फर लाइफ टाइम’ भन्ने नाराका साथ मात्र नौ सय ९९ रूपैयाँमा एकमुष्ट भुक्तानी गर्दा आजीवन डिम्याट खाता सञ्चालन गर्न मिल्ने गरि डिम्याट खाता नवीकरण योजना सञ्चालनमा ल्याएको छ । कुनै पनि निक्षेप सदस्यमा डिम्याट खाता खोली सेयरको कारोबार गर्ने खातावालाहरूले प्रत्यक वर्ष डिम्याट खाता नवीकरण शुल्कबापत एक सय रूपैयाँ बुझाउनुपर्ने व्यवस्था रहेको तथा उक्त नवीकरण शुल्क भुक्तानी नगरेको अवस्थामा सम्बन्धित खातावालाको डिम्याट खाता फ्रिज भई बिक्री गरेको सेयर निर्धारीत समयमा राफसाफ नभई हजारौँ जरिवाना समेत भुक्तानी गर्नुपर्ने अवस्था रहेको देखिन्छ । हरेक वर्ष डिम्याट खाता नवीकरण शुल्क भुक्तानी गर्नुपर्ने र नवीकरण शुल्क भुक्तानी गर्ने प्रक्रिया निकै झनझटिलो रहेको हुँदा यस क्यापिटलले आफ्नो ग्राहकहरूलाई न्यून शुल्कमा आजीवन डिम्याट खाता नवीकरण गरिदिने व्यवस्था मिलाएको छ ।
उक्त योजनाले नेपाल धितोपत्र बोर्डले आगामी दिनमा कम्पनीहरूले प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा निष्काशित सेयरको दश प्रतिशत सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूको लागि छुट्याई बाँडफाँट गर्नुपर्ने व्यवस्था गरिसकेको अवस्थामा वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा जान लागेका व्यक्तिहरूलाई न्यून शुल्कमा डिम्याट खाता खोली नवीकरण गर्ने झनझटबाट मुक्त हुन सक्नेछन् ।
क्यापिटलको आजीवन डिम्याट खाता योजना एनआईसी एसिया क्यापिटल तथा एनआईसी एसिया बैंक लिमिटेको सम्पूर्ण शाखा कार्यालयहरूबाट डिम्याट खाता खोली आजको मितिमा नवीकरण शुल्क भुक्तानी गर्न बाँकी नरहेका सम्पूर्ण खातावालाहरू तथा नयाँ खाता खोल्ने ग्राहकहरूले समेत लिन सक्नेछन् । यस एनआईसी एसिया लाइफटाइम डिम्याट खाता नवीकरण योजना अर्को सूचना जारी नभएसम्म सञ्चालन हुनेछ । साथै डिम्याट खातावालाहरूले आफ्नो खाता नवीकरण भए/नभएको सम्बन्धी जानकारी क्यापिटलको वेबसाइटमा गई हेर्न सकिनेछ ।
क्याटिलको आजीवन डिम्याट खाता योजनामा सहभागी हुनको लागि यस क्यापिटलको नाममा एन आईसी एसिया बैंक लिमिटेड, थापाथली, काठमाडौंमा रहेको बैंक खाता नं. ५४४४४५१०२५५२४०१७ मा नौ सय ९९ रूपैयाँमा जम्म/रकमान्तरण गरी वा अनलाइन भुक्तानी माध्यमहरू ईसेवा, खल्ती, कनेक्ट आईपीएस, फोन–पे र आईएमई–पेमार्फत भुक्तानी गर्न सकिनेछ । साथै नवीकरण शुल्क भुक्तानी गर्दा डिम्याट खाता नम्बर तथा सम्बन्धित खाताबालाको मोवाइल नम्बर अनिवार्यरूपमा उल्लेख गर्नुपर्नेछ । यस सम्बन्धमा कुनै समस्या वा थप जानकारीको लागि क्यापिटलको मोबाइल नम्बरहरू ९८४७३४५०९९, ९८४७३४५१०७ र ९८४८८६५२२३ मा सोझै सम्पर्क गर्न सकिने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- किन लाग्छ गभर्नरमाथि पुँजीबजार विरोधीको आरोप ?
- योजनाका लक्ष्य भेट्न धरातल बनाऔँ
- दि नेपाल डिस्टिलरिजले उखु खेती र कृषिको बृहत्तर विकासका लागि सहकार्य गर्ने
- लसुन खेतीबाट राम्रो आम्दानी
- सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री
- ‘अर्थतन्त्रमा देखिएको शिथिलताले निजी क्षेत्रको सम्पति ५० प्रतिशतसम्म ऋणात्मक’
- गोरखापत्रलाई प्रतिस्पर्धी र विश्वसनीय बनाइनुपर्छ: मन्त्री शर्मा
- उत्पीडित वर्ग, जाति र समुदायलाई आफ्नो अधिकारको रक्षा गर्न प्रधानमन्त्रीको अपिल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया